कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले एक बैठक बस्दै कोरोनाभाइरसका कारण निम्तिाएको  महामारी नियन्त्रण र रोकथामका उपायबारे छलफल गरेका थिए ।

उक्त बैठकको अध्यक्षता राष्ट्रपति सी जिनपिङ्ले गरेका थिए । सीले बैठकको सम्बोधन गर्दै महामारीविरुद्धको सङ्घर्षको अग्रमोर्चामा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै प्रकोपको सुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महामारी रोकथाम र नियन्त्रणको नेतृत्व गरिरहेको बताए ।

‘युनिफाइड कमाण्डलाई नमान्ने र आफ्नो जिम्मेबारी ननिभाउने दण्डित हुनेछन्,’ सीले भनेका छन् ।

बैठकमा चीनको शीर्ष नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा सरकारी कमजोरी र अपूर्णता पाइएको स्वीकारेका छन् ।शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ ।

भाइरसको उत्पत्ति भएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत देशका सातजना शीर्ष नेतालाई समितिले निर्देशन दिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?