युभेन्ट्सका फरवार्ड डिबलालाई पनि कोरोना संक्रमण

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबलालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालियन मिडियाले डिबलालाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै डिबला अहिले आफै आइसोलेसनमा बसेको समेत दाबी गरेको छ ।

कोरोनाको संक्रमण देखिने डिबला युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यस अघि डिफेन्डए डानिली रुगानीलाई संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणको कारण अर्का स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाईनमा बसेका थिए । तर, उनलाई कोरोनाको संक्रमण देखिएको थिएन ।

क्लबका केहि खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि क्लबसँग आबद्द भएका १ सय २१ जना अहिले आइसोलेसनमा रहेको युभेन्ट्सले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?