कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले सारा संसार नै अहिले त्रसित बनेको छ । कोरोनाबाट अहिलेसम्म ९ सय १० जनाले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म ४० हजार भन्दा धेरै मानिसहरुमा कोरोनाको संक्रमण देखिएको छ । त्यसैले संक्रमितहरुसँग हात मिलाउँन तथा प्रत्यक्ष भेट्न पनि निषेध गरिएको छ ।

ताइवानले फिल्म तथा सिरियलमा किसिंग सीन शुटिङ्ग गर्न रोक लगाएको छ । त्यति मात्रै नभएर शुटिङ्ग गर्दा नायक तथा नायिकालाई धेरै नजिक गएर शुटिङ्ग गर्न पनि निषेध गरिएको छ ।

ताइवानको न्युज एजेन्सी युनाइटेड डेलीका अनुसार चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण किसिङ्ग सिनमा पनि रोक लगाएको हो ।

ताइवानमा प्रसारित हुने एक सिरियल शोमा रोमान्टिक सीन देखिएको छ । एक्टर्स मिया चिउ र एक्टर जुन फुलाई किसिङ्ग सिन नगर्न आदेश दिइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?