नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत

काठमाडौँ ।  चीनको वुहान शहरबाट स्वदेश फर्किने तयारीमा रहेका केही नेपालीलाई अर्को आपत आइलागेको छ । केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको समाचारमा जनाइएको छ ।

विमानस्थलमा रहेका नेपालीहरुका अनुसार करिब आधा दर्जनमा ज्वरो देखिएकाले विमान चढ्न रोक लगाइएको छ ।
उनीहरुलाई उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज बुहान पुगिसकेको छ ।

चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् ।

विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ । तर १८५ जना नेपालीमध्ये केहीलाई विमानस्थलमा समस्या देखिन पुगेको हो । नेपालीहरु आइतबार बिहान नेपाल आइपुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?