कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

काठमाडौं । कोरोना भाइरसले अहिले सारा विश्व नै त्रसित छ । तर कोरोनाले सबैभन्दा धेरै क्षति भने चीनमा पुर्याएको छ । कोरोना रोक्नको लागि चीनसहित विश्व भरिका देशहरुले सक्दो पहल गरिरहेका छन् ।

चीनमा बिरामीहरुलाई सेवा दिनको लागि अस्पतालमा रोबर्टलाई खटाइएको छ ।

चीनले अपनाएको यो प्रयोग अहिले सारा विश्व भरि नै धेरै मन पराइएको छ । सोशल मिडियामा रोबर्टले बिरामीको सेवा गरिरहेको भिडियो अहिले भाइरल बनेको हो ।

रोबर्टले बिरामीहरुलाई फूड तथा मेडिसिन औषधीहरु पुर्याउँने काम गर्दछ । चीनको यो प्रयोगलाई सारा विश्वले नै तारिफ गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?