मंगोलियाका राष्ट्रपति क्‍वारेन्टाइनमा

काठमाडौं । मंगोलियाका राष्ट्रपति खाल्तुमागिन बतुल्गालाई १४ दिनका लागि क्‍वारेन्टाइनमा राखिएको छ । एकदिने चीन भ्रमण सकेर स्वदेश फर्किएका राष्ट्रपति बतुल्गा र विदेशमन्त्रीसहित अन्य सरकारी अधिकारीहरुलाई क्‍वारेन्टाइनमा राखिएको मंगोलियाका सरकारी सञ्‍चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई पूर्वसावधानी स्वरुप चीनबाट फर्किएलगत्तै बिहीबार रातिदेखि क्‍वारेन्टाइनमा राखिएको हो ।

राष्ट्रपति बतुल्गाले चीनका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली क्‍वाङसँग भेट गरेका थिए । उनले राष्ट्रपति सीसँग मिलेर नोभेल कोरोना भाइरसको सामना गर्ने विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी बतुल्गाले ३० हजार भेडा अनुदान दिनेसमेत घोषणा गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?