अमेरिकामा पनि कोरोनाको संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । अमेरिकामा पनि कोरोनाको संक्रमण भेटिएको छ । जसका कारण १ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँका सञ्चारमाध्यमका अनुसार विभिन्न स्वास्थ्य समस्या भएका ५० वर्षिय वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर–पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।

चीनको हुबेई प्रान्तको वुहानबाट महामारी सुरू भएयता अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो।

सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै अन्य मामिलाको सम्भावना भएको भएपनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले आफ्ना नागरिकलाई न आत्तिन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?