कोरोनाका कारण बन्द भयो सर्पको बजार !

काठमाडौं । चीनको वुहानबाट महामारीका रुपमा संसारभरि नै फैलिएको कोरोना भाइरसले अहिलेसम्म ९१० जनाको मृत्यु भएको छ ।

शुरुमा वैज्ञानिकहरुले यो रोग सर्पको कारणले फैलिएको बताएका थिए । त्यसै कारणले पनि इन्डोनेशियामा सर्पको छाला बेचिने बजार नै बन्द भएको छ ।

त्यहाँ संसारका सबैखाले सर्प देख्न सकिन्थ्यो । त्यहाँको बजारमा खानको लागि मात्र होइन, औषधीको रुपमा पनि प्रयोग हुने गर्दछ । औषधी तथा एसेसरीज बनाउँनको लागि उक्त बजारमा सर्पको छाला बेच्ने गरिन्छ ।

सर्पको छालाबाट बनाइने ब्यागको मूल्य लगभग नेपाली ५ लाख रुपैयाँ पर्छ । इन्डोनेशियोको सिरेबनस्थित कोर्तासुरा गाउँमा सर्पको छाला बेच्ने गरिन्छ ।

त्यहाँको बजारमा जीवित सर्प, सर्पका अंगहरु बेच्ने गरिन्छ । सर्पलाई त्यहाँ नराम्रो तरिकाले पनि मार्ने गरिन्छ । सर्पलाई त्यसको टाउको किचेर मारिन्छ । साथै शरीरबाट छाला निकाल्न फलामको रडको प्रयोग गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?