ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोनाभाइरस नियन्त्रणका लागि चीनले उठाएको कदमको लागि धन्यवाद व्यक्त गरेका छन् ।

‘चीनले कोरोनाभाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले ट्वीटरमा पोष्ट गरेका छन्, अमेरिकी जनताको पक्षबाट म राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।’

रोगलाई नियन्त्रण गर्ने प्रयासमा चीनले शुक्रबार उहानमा एउटा पूर्ण नयाँ हजार बेडको अस्पताल निर्माण सुरु गरेको छ । चीनभर १५ सहरमा यातायात प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरसको उद्गमस्थल उहान सहरमा चीनले ६ दिनभित्र एक विशाल अस्पताल बनाउने लक्षसहित काम सुरु गरेको छ । उहानको बाहिरी भागमा बनाउने लागिएको उक्त अस्पताल १००० बेड क्षमताको हुनेछ । अस्पताल फेब्रुअरी ३ सम्ममा पूर्ण रुपमा प्रयोग हुनेछ ।

कोरोना भाइरसले विकराल रुप लिँदा संक्रमणका कारण हालसम्म ५६ को मृत्यु भइसकेको छ भने २ हजारमा रोग पहिचान भइसकेको छ ।

एजेन्सी

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?