कोरोनाभाइरस महामारी : क्यानडाका प्रधानमन्त्री जस्टिनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफि ग्रेगोइरलाई पनि कोरोनाभाइरस(कोभिड१९)को संक्रमण भएको छ ।

जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेको चाइना डेलीले जनाएको छ ।

क्यानडा सरकारले दिएको जानकारी अनुसार ग्रगोइर ट्रुडोलाई ब्रिटेनमा भएको एक कार्यक्रमबाट फर्किएपछि रुघा खोकी र ज्वरोको लक्षण देखिएको थियो । पछि कोरोनाको परीक्षण गर्दा पुष्टि भएको सरकारले जनाएको छ ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?