कोरोना भाइरस : अमेरिकामा संक्रमितको संख्या एक हजार पुग्यो

काठमाडौं । अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या हजार पुगेको छ । अघिल्लो आइतबार अर्थात तीन दिन अघिको भन्दा यो संख्या दोब्बर हो ।

प्रकोपकै कारण अमेरिकामा ३१ को मृत्यु भइसकेको छ । देशभित्र वासिङ्टन राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहाँ २७३ संक्रमित र २४ को मृत्यु भएको तथ्याकं आएको छ ।

सयभन्दा बढी संक्रमित भेटिने अन्य राज्य क्यालिफोर्निया र न्युयोर्क छन् । न्यूयोर्क राज्यमा १७३लाई कोरोना संक्रमण भेटिएको छ भने क्यालिफोर्नियाका ११६ व्यक्तिमा उक्त भाइरस पाइएको छ । त्यसपछि रहेको म्यासाचुसेटमा झण्डै ९२ मा संक्रमण भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?