कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने

काठमाडौं । एपलको आइफोन तथा विद्युतीय सामग्री उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने भएको छ । कोरोना भाइरसका कारण विद्युतीय उत्पादन बन्द गर्दै फोक्सकोनले आफ्नो उत्पादनलाई फेरि निरन्तरता दिने बताएको छ ।

चीनमा कोरोनाको संक्रमणका कारण सर्जिकल मास्क अभाव भइरहेको बेला फोक्सकोनले उक्त मागलाई पूर्ति गर्नेगरी मास्क उत्पादन गर्न लागेको बताइएको छ । फोक्सकोनले एक दिनमा २० लाख मास्क उत्पादन गर्ने बताएको छ ।

फोक्सकोनले भनेको छ, हामीले जति चाँडो सावधानी अपनाउँछौं, त्यति चाँडो हामी भाइरसबाट जोगिन सक्छौं र हामी कोरोनामाथि जित हात पार्न सक्छौं ।

फोक्सकोन एक ताइबावनी आइफोन, आइप्याडलगायतका विद्युतीय सामग्री उत्पादक मल्टिनेसनल कम्पनी हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?