कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन

काठमाडौं । चीनमा कोरोनाका कारण हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ४० हजार भन्दा धेरै जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमणबाट बँच्नको लागि सारा विश्व नै लागि परेको छ ।

यसै क्रममा केहि आम मानिस, कोरोना संक्रमित बिरामी र डाक्टरहरुमा मानसिक समस्या आउँन थालेको छ । त्यसैले चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दुई फ्रेब्रुअरीमा एक नोटिस जारी गरेर स्थानीय एजेन्सीहरुलाई मानसिक समस्याको सहायता र परामर्श गर्ने खालका टिप्सहरुको जानकारी दिन आग्रह गरेको थियो ।

यसको उद्देश्य भने बिरामी भएका मानिसहरुको आक्रामक व्यवहार र मानसिक समस्यालाई नियन्त्रण गर्नु रहेको थियो ।

चीनको बेइजिंग स्थित मनोरोग अस्पताल हुइगुआंगका अध्यक्ष यांग फ्युडले यो महामारीले केहि मेडिकल कर्मचारीहरुका लागि मानसिक समस्या बनेको बताएका छन् ।

यांगले महामारीका कारण रोगीहरुको उपचार गरिरहेका डाक्टरहरुको नै मानसिक स्थिति कमजोर भएको भन्दै उनीहरुलाई पहिला मनोवैज्ञानिक परामर्शको आवश्यक परेको बताएका छन् ।

डाक्टरहरुले उपचार जसरी पनि गर्नै पर्ने र संक्रमितको नजिक बस्दा पनि कोरोना सर्न सक्ने भएकोले उनीहरुको मनस्थिति नै कमजोर हुन पुगेको बताएका छन् ।

आफ्नो स्वास्थ्य र घरपरिवारलाई सम्झँदा उनीहरु मनोबल गुमेको उनको भनाई छ । अस्पतलका मनोविज्ञान संकट हस्तक्षेप अनुसन्धान केन्द्रका उपनिर्देशक लियांग होंगले डाक्टरहरु नै कोरानाको महामारीबाट त्रसित बन्दा उनीहरुको मनस्थिति गुम्न थालेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?