कोरोनाबाट क्यानडामा पनि एकको मृत्यु

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसका कारण पहिलोपटक क्याडामा पनि एकको मृत्यु भएको छ । सोमवार क्यानडामा कोरोनाका कारण पहिलो पटक एक व्यक्तिको मृत्यु भएको हो ।

मृतकको पहिचान ब्रिटिश कोलम्बियाका लिन भ्याली केयर सेन्टरका निवासीको रुपमा भएको छ । क्यानडामा कोरोनाका कारण मृत्यु भएपछि फैलिनबाट रोक्न सतकर्ता अपनाइएको छ ।

स्वास्थ्य अधिकारी डा. बोनी हेनरीले पत्रकारहरुसँग ब्रिटिश कोलम्यिामा कोरोनाका कारण एक संक्रमितको मृत्यु भएको बताएका छन् ।

क्यानडाका मुख्य चिकित्सा अधिकारी डा. थेरेस ट्यामले कोरोना भाइरसका संक्रमितहरु क्यानडामा ७१ पुगेको बताएका छन् । क्यानडाका अधिकारीहरुले शनिवार कोरोना भाइरसबाट संक्रमित १४ नयाँ मामलाको पुष्टि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?