कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्याे आफ्नो कार्यालय

काठमाडौं । कोरोना भाइरसको आतंकले गुगल, फेसबुक र एप्पल जस्ता कम्पनीहरूलाई गम्भीर प्रभाव पारेको छ। गुगलले चीनमा अस्थायी रूपमा आफ्नो कार्यालय नै बन्द गरिसकेको छ ।

फेसबुक र एप्पलले पनि आफ्नो कामहरु सिमित प्रयोग गरेका छन् । गुगलले आफ्ना कामदारहरूलाई महत्वपूर्ण काम भएको बेला बाहेक अन्य बेला घर नछोड्न आदेश दिएको छ ।

गुगलले आफ्नो कार्यालय बन्द  गर्दा हङ्कङ र ताइवानमा पनि असर परेको छ । गुगलले यी दुई देशका कर्मचारीहरुलाई चीन नजान आग्रह गरेको छ।

आफ्ना कर्मचारीहरुलाई नयाँ वर्षको बिदा ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म दिने निर्णय गुगलले गरेको छ ।

बिदाका कारण व्यापारका गतिविधिहरूमा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै, धेरै कम्पनीहरूले कर्मचारीहलाई बिदा दिएका छन् । यस वर्ष एप्पल को सबै नयाँ उत्पादनहरुको आगमनमा धेरै ढिलाइ हुने अनुमान गरिएको छ ।

गुगलका चार अफिसहरू चीनमा र पाँच ताइवानमा रहेका छन्।

चिनियाँ कार्यालयहरूमा बिक्री, ईन्जिनियरिंग र विज्ञापन कार्यका लागि गुगलले आफ्ना कर्मचारीहरूलाई दुई हप्तासम्म घरबाटै काम गर्न निर्देशन दिएको छ।

चीनमा रेड क्रसले भाइरसबाट प्रभावित बिरामीहरूलाई सहयोग पुर्‍याउन आधा मिलियन डलर उठाइसकेको छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?