कोरोनाबाट हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण संसारभरमा अहिलेसम्म ४६२३ जनाको मृत्यु भईसकेको छ भने त्यसबाट १ लाख २२ हजार ३ सय ३१ भन्दा धेरैमा संक्रमण देखा परेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म सारा विश्वभरका १२१ देशमा फैलिइसकेको छ ।

चीन पछि इटली र इरानमा कोरोनाका कारण धेरै मृत्यु भएको छ । त्यस्तै हलिउड अभिनेता टम ह्यांक्सलाई पनि कोरोना लागेको छ ।

ह्यांक्ससहित उनकी श्रीमती र अभिनेत्री रीता विल्सनमा पनि कोरोनाको संक्रमण देखा परेको भारतीय सञ्चारमाध्यम अमर उजालामा खबर प्रकाशित छ ।

आफ्नो ट्वीटर अकाउण्टमा अभिनेता टम ह्यांक्सले श्रीमती तथा अभिनेत्री रीता विल्सनसहित आफूलाई कोरोना भाइरस पोजेटिभ पाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?