कोरोना महामारी : स्पेनका प्रधानमन्त्री सान्चेकी पत्नीमा कोरोना भएको पुष्टि

काठमाडौं । स्पेनका प्रधानमनत्री पेन्द्रो सान्चेकी पती बेगोना मोमेजलाई कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाका कारण स्पेनमा अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ । ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको सञ्चारमाध्यमहरुले जनाएका छनु ।

स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

यसैगरी सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक घरै बस्न भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?