कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !

काठमाडौं । प्राणघातक कोरोना भाइरसबाट मानिसहरुलाई बचाउनका लागि एक महिला वैज्ञानिक दिनरात लगातार काम गरिरहेकी छन् ।

स्कटल्यान्डमा बस्ने केट ब्राडरिक नामकी ती महिला कोरोना भाइरसबाट मानिसहरुलाई बचाउनका लागि खोपको आविस्कार गर्ने कोसिस गरिरहेकी छन् । द टाइम्सको रिपोर्टअनुसार ब्राडरिक राती २ घण्टा मात्रै सुत्छिन् ।

ब्राडरिक करिब २० वर्षदेखि गम्भीर बिरामीलाई बचाउनका लागि खोप तयार पार्ने काम गरिरहेकी छन् । उनले इबोला, जीका भाइरसजस्ता बिरामीको उपचारका लागि पनि औषधि निर्माण गरेकी थिइन् ।

डा.ब्रोडरिकले आफूलाई यो काम छिटो पूरा गर्न जिम्मेवारी आएको बताएकी छिन् । उनले मुसा र सुँगुरमा यो खोपको परीक्षण गरिरहेकी छन् ।

आफूले जीवन नै परिवर्तनका लागि सुम्पिएको भन्दै अब जसरी पनि कोरोना भाइरसबाट बच्नका लागि खोप तयार गर्ने प्रतिबद्धता जनाएकी छन् ।

अमेरिकाको युनिभरसिटी अफ क्यालिफोर्नियाका लागि काम गर्ने डा.ब्रोडरिकसँग अनुसन्धानको एउटा टोली रहेको छ ।

दुई बच्चाकी आमा डा.ब्रोडरिक बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भाइरस फैलिएको जानकारी पाएकी थिइन् । उनलाई खोप तयार पार्नका लागि बिल गेट्स फाउन्डेशनबाट आर्थिक सहायता प्राप्त भइरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?