जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री

काठमाडौं । हङकङ बाट जावान जाँदै गरेका ८० वर्षीय एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले ३५ सय मानिसहरुलाई बन्दरगाहको जहाजमै छोडिदिएको छ ।

यो जहाज योकोहोमा बन्दरगाहमा रहेको छ । अहिले जहाजमा रहेका सबै यात्रीहलाई परिक्षण गरिएको छ । संक्रमणबाट बँच्नको लागि भन्दै जापानले जहाजमा रहेका सबै ३५ सय यात्रुहरुलाई बन्दरगाहमै राख्ने फैसला गरेको हो । सरकारले सबैलाई परिक्षण नहुन्जेलसम्म त्यहिँ बसिराख्न आदेश दिएको छ ।

जहाजमा २५ सय यात्री र एक हजार चालक दलका सदस्यहरु रहेका छन् । जापान सरकारका प्रवक्ता योशिहिदे सुगाका अनुसार हिजो जापान जाँदै गरेको जहाजलाई बन्दरगाहमै परिक्षण गर्नका लागि रोको बताएका छन् ।

उक्त जहाज तोकिएको समय भन्दा एक दिन अगाडि नै योकोहामा पुगेको थियो । यात्रीहरु २५ जनवरीमा हंगकंगबाट जहाजमा चढेका थिए ।

त्यसमध्ये एक ८० वर्षका वृद्धलाई कोरोना भाइरस लागेको थाहा पाएपछि जहाज बन्दरगाहमै रोकेर परिक्षण थालिएको थियो । अहिलेसम्म ८ जना विदेशी नागरिकहरुलाई जापान सरकारले प्रवेशका लागि रोक लगाएको छ ।

जापानी स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा अहिलेसम्म २० जनालाई कोरोना भाइरसको लक्षण देखा परेको छ । अहिलेसम्म जापानले चीनको वुहानबाट ५ सय नागरिकहरुलाई जापान लगिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?