फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

काठमाडौं । संसारभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९) का कारण अहिलेसम्म ४ हजार ७ सय १६ भन्दा धेरैको ज्यान गईसकेको छ ।

कोरानाको त्रास अहिले फुटबलमा पनि देखा परेको छ । कोरोनाका कारण पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा छन् ।

इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।

रोनाल्डो आफ्नी आमालाई भेट्नका लागि पोर्चुगल गएका बेला उनलाई क्वारेनटाइनमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?