म होलीमा सहभागि हुन्न भन्दै मोदीले गरे यस्तो ट्वीट !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको समारोहमा भाग नलिने निणर्य गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै मोदीले विश्वभर भयावहको रुपमा देखिएको कोरोना भाइरसको त्रासका कारण आफू होलीका कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।

कोरोना भाइरसबाट बच्नका लागि विश्वभर विशेषज्ञहरुले सामूहिक भेलालाई कम गर्न सुझाव दिइरहेका छन्’ उनले ट्वीटरमा लेखेका छन्-‘यसकारण यससाल मैले कुनैपनि होली मिलन कार्यक्रममा भाग नलिने निर्णय गरेको छु’। भारतमा होलीलाई विषेश पर्वको रुपमा लिइन्छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?