कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

काठमाडौं । चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ ।

आजमात्रै कोरोनाका कारण थप ७१ ज्नाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । राष्ट्रीय स्वास्थ्य आयोगको रिपोर्टका अनुसार ५०८ नयाँ बिरामी फेला परेका छन् ।

तर चीनका केहि प्रान्तमा भने कुनै पनि कोरोना संक्रमित बिरामीहरु फेला परेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमवारबाट चीनमा कोरोना भाइरसका संक्रमित कम हुन थालेको बताएमो हो ।

डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानोम गेब्रेएससले २३ जनवरी देखि २ फेब्रुअरीसम्म चीनमा धेरै कोरोना संक्रमितहरु पाइएको भएपनि त्यसपछि भने चीनमा कोरोनाको संक्रमित कम हुँदै गएको बताएका हुन् ।

अहिलेसम्म डब्ल्युएचओले कोरोनालाई महामरीको रुपमा नमानेको पनि उनले बताए । तर संभावित महामारीसँग लड्नको लागि चभने डब्ल्युएचओले आफ्नो कदम उठाइसकेको डब्ल्युएचओका अनुसार देशहरुले नियम पालना गर्दा महामारीको प्रकोपबाट बँच्न सकिने पनि उनले बताएक छन् ।

त्यस्तै जापानी क्रुजमा राखिएका कोरोना संक्रमित मध्ये एक ८० वर्षीय वृद्धको मृत्यु भएको छ । जापानी क्रुजमा मृत्यु हुनेहरुमा उक्त व्यक्ति चौथो हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?