लेस्टर सिटीका तीन खेलाडीमा कोरोनाको लक्षण

काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भाईरस संक्रमणको लक्षण देखिएको छ । कोरोनाको लक्षण देखिएपछि तीन जना खेलाडीलाई क्वारेन्टाईनमा राखिएको छ । तीनै खेलाडीलाई टिमबाट बाहिर राखिएको छ ।

मुख्य प्रशिक्षक ब्रेन्डन रोजगर्सले संक्रमणको आशंका गरिएका खेलाडीको विवरण नखुलाएपनि क्वारेन्टाईनमा राखेर उपचार प्रक्रिया अघि बढाएको बताएका छन् । प्रिमियर लिगमा लेस्टरले आगामी शनिबार वाटफोर्डसंग खेल्ने तालिका थियो ।

बेलायत सरकारले चाँडै महामारीको बिषयमा औपचारिक धारणा सार्वजनीक गर्न सक्ने बताईएको छ । सार्वजनीक कार्यक्रममा सरकारले रोक लगाउन सक्ने अनुमान गरिएको छ ।

फैलदो संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई महामारीको रुपमा घोषणा गरेको छ । बेलायतमा समेत ४ सय ८४ जनामा कोरोनाको संक्रमण देखिएको छ । बेलायतमा ८ जनाको ज्यान गईसकेको छ ।

कोरोनाकै कारण स्पेन र ईटालीको घरेलु लिग फुटबल स्थगित गरिएको छ । कोरोनाकै संक्रमणको आशंका गर्दै बुधबार म्यान्चेष्टर सिटी र आर्सनलबीचको खेल समेत स्थगित गरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?