चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध

काठमाडौं । कोरोना भाइरसबाट अहिलेसम्म एक हजार तेह्र जनाको मृत्यु भईसकेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाका कारण अहिलेसम्म ४० हजार भन्दाधेरै जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यसबाट बँच्नको लागि चीनले रोकथामका लागि भन्दै बिभिन्न अनौठा गतिविधि गरिरहेको छ । हालैमात्र सोशल मिडियामा भाइरल भईरहेको एउटा भिडियोमा कोरोनाबाट ग्रसित एक महिलालाई अमानवीय व्यवहार गरी बक्समा बन्द गरेर लैजाँदै गरेको देखिएको छ ।

भाइरल भिडियोमा स्वास्थ्य अधिकारीहरुले महिलालाई एउटा बक्समा बन्द गरेर कन्टेनरको ट्रकमा राखिँदै गरेको दृष्य छ ।

स्वास्थ्यकर्मीहरुले यस प्रकारको व्यवहार देखाएपछि महिला आफूलाई बँचाउँन जोडले कराउँन थाल्छिन् । महिलाको आवाज सुनेर आसपासका मानिसहरु ट्रक नेर झुम्मिन थाल्छन् ।

साथै चीनियाँ पुलिसले कोरोनाको लागेको आशंकामा अर्की एक महिलालाई हिरासतमा लिएका छन् । पुलिसले ति महिलालाई उनले चलाइरहेको कारबाट निकालेर सडकमै छोडिदिन्छन् ।

त्यसपछि ट्रान्सपोर्ट भ्यान आएर उनलाई लिएर जान्छ । बिरामीका साथ चीनमा भईरहेको यो अमानवीय व्यवहारको सारा विश्वभरिबाट नै अहिले बिरोध भईरहेका छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?