अष्ट्रेलियामा एक नेपालीमा कोरोना संक्रमण : ४ जना क्वारेन्टाईनमा

काठमाडौं – अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ यो सामाग्री तयार पार्दासम्म १ सय ६ देशमा फैलिसकेको छ ।

कोरोनाका कारण ३८ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख भन्दा बढी यस भाइरसबाट संक्रमित छन् । हजारौं मानिस उपचारपछि घर फर्किसकेका छन् ।

विश्वलाई नै त्रासदीमा राखेको यस भाइरसविरुद्धको औषधि खोजी जारी राखिएतापनि कुनै उपलब्धि हासिल भएको छैन । हरेक देशले हवाइ र स्थलमार्गका सीमा, एयरपोर्ट, सार्वजनिक स्थलमा कडाइ गरेतापनि यो रोग फैलिने क्रम रोकिएको छैन ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट गएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा बस्ने उनलाई कोरोना देखिएको हो ।

यस्तै त्यहाँका नेपाली समाजले कोरोनाबाट बच्न अपिल गरिरहेको छ ।

विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ ।

दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?