कोरोनाको डरले श्रीमानले श्रीमतीलाई बाथरुममा थुनेपछि…

काठमाडौं । कोरोना भाइरसको आतंकबाट सारा संसार नै त्रसित बनिरहेको छ ।

त्यसै त्रासका कारण युरोपको लीथुआनियास्थित लिवनीअसमा एक पतिले आफ्नी श्रीमती कोरोनाको संक्रमित भएको आशंकामा आफ्नी श्रीमतीलाई बाथरुम गएको बेला बाथरुममै लक गरिदिएका छन् ।

त्यतिमात्रै होइन, श्रीमतीले धेरै पटक उनलाई लक खोल्न अनुरोध गरे पनि उनले ढोका खोलेनन् तर उनका छिमेकीले उक्त कुरा थाहा पाएपछि पुलिसलाई खबर गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनकी श्रीमती एक चीनकी महिलासँग भेट गरेकी थिइन् । त्यसैबेला देखि पतिलाई डर लाग्न थाल्यो कि श्रीमती पनि कोरोनाकी संक्रमित छिन् ।

परिवारका अन्य सदस्यलाई कोरोना नफैलियोस् भनेर उनले आफ्नी श्रीमतीलाई बाथरुममा थुनिएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?