कोरोना भाइरस : अस्पतालबाट मास्क चोरेको आरोपमा ‘फर्मासिस्ट’ पक्राउ

काठमाडौं । भारतको पुणेस्थित अस्पतालका एक फर्मासिस्टलाई मास्क, औषधी, इन्जेक्सन सहित ३५ हजार भारतीय रुपैयाँ बराबरको मेडिकल सामान चोरेको आरोपमा गिरफ्तार गरिएको छ ।

कोरोना भाइरसको खतराका कारण अहिले मास्कको अत्याधिक माग बढिरहेको बेला २८ वर्षका सुयस पण्डारेलाई सिसिटिभी क्यामेराको फोटोको माध्यमबाट गिरफ्तार गरिएको हो ।

उनको साथमा पाइएका मेडिकल सामानमा १२५३ भारतीय रुपयाँका मास्क, ९ हजार ५ सय ९७ रुपैयाँको इन्जेक्सन, १७ सय ५० रुपैयाँका आइन्टमेन्ट्स, २३ हजार १ सय १० रुपैयाँको ओन्गमेन्टिन ६२५ एमजी ट्याब्लेट्स, क्याल्सियम ट्याब्लेट्स, किडनी रोगमा डायलासिसको बेला प्रयोग गरिने रेनिकर ट्याब्लेट्स, एण्टासिड क्यप्सुल्स रहेका छन् ।

अध्यारोको फाइदा उठाएर चोरी गरेपनि सीसीटिभी फुटेजबाट सुयसलाई समातिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?