विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु

काठमाडौं – गत म‌ंगलबार हङकङ काठमाडौंको उडानको क्रममा आरए ४ १ ० विमानमा नै बेहोस बनेका हङकङ निवासी नेपाली डिकप्रसाद राईको स्वास्थ्य स्थिती चिन्ताजनक बन्दै गएको छ ।

बिमारीका आफन्त किरात राई यायोख्खा हङकङका भुपू अध्यक्ष रजिन राईले चिकित्सकलाई उदृत गर्दै बिरामीको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनलाई कृतिम श्वासप्रश्वास दिइ्रएको छ । उनको सघन कक्षमा उपचार भइरहेको छ ।

बिरामीलाई सुरुमा लान्ताउ अस्पताल लगिए पनि बुधबार प्रीन्स मार्गरेट अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

काठमाडौंको नियमित उडानको क्रममा आरए ४ १ ० को उडानबाट काठमाडौंतर्फ आउने क्रममा उनी अचानक बेहोस भएका थिए ।

हङकङको युनलोङमा बस्दै आएका नेपालको खोटाङ साकेलाका स्थायी बासिन्दा नेपाली राहदानी बाहक ४९ वर्षीय डिक प्रसाद राई मंगलबार हङकङ विमानास्थलबाट टेक अफ भएको १ घन्टा २० मिनेटमा अचानक बेहोस भएका थिए । उनी बेहोस हुनेबितिकै यात्रुले एअरहोस्टेज गुहारे । लगत्तै एअरहोस्टेजले यात्रु बिरामी परेकोबारे क्रु मेम्बरलाई जानकारी गराएका थिए । त्यसपछि क्याप्टेनले जहाज हङकङ नै मोडेर आपतकालीन अवतरण गराएका थिए ।

उक्त घटनालाई कोरोना भाईरसको प्रकोपसँग जोडेर विभिन्न किसिमका अनुमान गरिएको थियो । यात्रुहरु पनि त्रसित भएका थिए । तर अस्पताल स्रोतले उनलाई हृदयघात भएको ब्रिफ्रिङ गरेको छ । हाई अल्टिच्युटका कारण पनि उनलाई हृदयघात भएको हुन सक्छ, तथापी उनको बिगतका स्वास्थ्य विवरणबारे भने हामी अनभिज्ञ छौं । उडान टोलीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

२ महिनादेखि चीनबाट सुरु भएको कोरोना भईरसले एक हजार ४ सय ८६ जनाको मृत्यु भइसकेको छ । यो रोग २७ देशमा फैलिसकेको छ । त्यसैले उनलाई त्यस्तो हुनु यहिँ घटनासँग जोडिएको हुनसक्छ । तर अस्पतालले बिरामीका मष्तिस्कका नसाहरु पुर्ण बिनास भएकोले बिरामीको अवस्था अत्यन्तै गम्भीर भएको बताउँदै कुनै चमत्कार नभए जिन्दगीभर कोमामा जाने बताएको उनका आफन्त किरात राई यायोख्खा हङकङका भुपु अध्यक्ष रजिन राईले सञ्चारमाध्यमसँग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?