९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

सबैजना जोडिएका थिए त्यही एउटा मार्केटसँग...

चीनको युहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी अहिले विश्वकै चासोको विषय बनेको छ । हालसम्मको तथ्याङ्क अनुसार यस भाइरसबाट चीनमा ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३४ हजार ४०० भन्दा बढी मानिस कोरोना संक्रमित भएको पाइएको छ ।

चीनमा मात्र नभएर अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, हङकङ, भारत, फ्रान्स लगायत राष्ट्रहरुमा समेत देखापरिसकेकाले पनि कोरोना भाइरसको त्रासले अहिले सशंकित छन् मानिसहरु ।

कोरोना भाइरसले तपाईको शरीरमा कसरी हमला गर्छ ? हमला गरिसकेपछि मानव शरीरमा कस्तो प्रकारको लक्षण देखापर्छ ? कस्ता मानिसहरुमा यसको असर बढी रहने वा मृत्युको सम्भावना बढी देखिन्छ ? र, यसको उपचार कसरी गर्ने ?

कोरोना भाइरसको उपचारमा जुटेको चीनको युहान शहरमा अवस्थित जिन्यिन्तान अस्पतालका चिकित्सकहरुले आजभोलि यी प्रश्नहरुको जवाफ दिन शुरु गरिसकेका छन् ।

कोरोना भाइरसबाट संक्रमित पहिलो ९९ जनाको उपचारको विस्तृत विवरण लांसेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।

फोक्सोमा हमला

शुरुवातमा युहानको जिन्यिन्तान अस्पतालमा उपचारका लागि जुन ९९ जनालाई ल्याइयो उनीहरुमा निमोनियाको लक्षण देखिएको थियो । ती व्यक्तिहरुको फोक्सो दुख्ने साथै फोक्सोको त्यो भाग जहाँबाट अक्सिजन रगतमा मिसिन्छ त्यहाँ पानी भरिएको पाइयो ।

अन्य लक्षणहरु…

८२ जनालाई ज्वरो आएको थियो

८१ जनालाई खोकी लागेको

३१ जनालाई सास फेर्न समस्या

११ जनाको मांशपेसीमा दुखाइ

९ जना भ्रममा थिए

८ जनालाई टाउको दुख्ने

५ जनाको गलामा गाँठोजस्तो देखिएको

मृत्युको शुरुवात…

कोरोना भाइरसबाट संक्रमित जो दुईजनाको सबैभन्दा पहिला मृत्यु भएको थियो, उनीहरु स्वस्थ्य देखिन्थे । उनीहरुलाई लामो समयदेखि चुरोटको लत थियो र हुनसक्छ यहीकारणले उनीहरुको फोक्सो कमजोर भइसकेको थियो ।

६१ सालका जुन वृद्धलाई अस्पताल ल्याइएको थियो उनी निमोनियाको लक्षणबाट नराम्रोसँग ग्रस्त थिए । उनलाई सास फेर्न अत्यन्तै गाह्रो भइरहेको थियो र उनको फोक्सोले शरीरलाई आवश्यक पर्ने अक्सिजन ‘सप्लाइ’ गर्न सकिरहेको थिएन । भेन्टिलेटरमा राख्दासमेत उनको फोक्सोले काम गर्न सकेन र मुटु पनि निष्क्रिय भइदियो ।

अर्को बिरामी ६९ वर्षका थिए र उनलाई पनि सास फेर्न गाह्रो भइरहेको अवस्था थियो । उनलाई कृत्रिम तरिकाबाट सास फेराउन प्रयास गरियो तर, त्यो प्रयास विफल भयो । निमोनियाले तब उनको ज्यान लियो जब उनको ब्लड प्रेसर एकदमै कम भएको थियो ।

कम्तीमा १० जनाको मृत्यु

२५ जनवरीसम्म ९९ जनाको मृत्यु कोरोना भाइरसबाट भएको थियो । त्यस दिनसम्म ५७ जना अस्पतालमा भर्ना भइसकेका थिए । ३१ जनालाई अस्पतालबाट ‘विदा’ दिइसकिएको थियो । जसमा ११ जनाको मृत्यु भयो । यसको मतलब यो होइन कि कोरोना भाइरसबाट मर्नेहरुको सङ्ख्या ११ प्रतिशत हो ।

अस्पतालमा भर्ना भएका मानिसहरुले सम्भवतः मृत्युको यो लडाई गुमाउन सक्छन् र सम्भव छ कि सामान्य लक्षणहरु बाट पीडित मानिसहरु अस्पताल पुग्दै पुग्दैनन् ।

सबैजना जोडिएका थिए त्यही एउटा मार्केटसँग…

युहानको हुआनान सीफुड मार्केटमा(समुद्री खाना बजार) फेला परेका समुद्री प्राणीहरु कोरोना भाइरस संक्रमणको कारण भएको विश्वास गरिएको छ । युहानको जिन्यिन्तान अस्पतालमा ल्याइएका ९९ जनामध्ये ४९ जना यस सीफुड मार्केटसँग जोडिएका थिए ।
४७ जना त्यस बजारमा कि म्यानेजरका रुपमा कार्यरत थिए या त्यहीँ पसल सञ्चालन गर्थे ।
संक्रमितहरुमा केवल दुईजना मात्र त्यहाँका ग्राहक थिए ।

अधवैंशे धेरै…

९९ जना संक्रमितमा प्राय अधवैंशे उमेरका धेरै थिए । त्यसमा ६७ जना पुरुष थिए र उनीहरुको औसत उमेर ५६ थियो ।

हालै यो कुरा पनि पत्ता लागेको छ कि कोरोना भाइरसबाट संक्रमित महिला र पुरुषमा खासै अन्तर छैन । चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार ६ जना पुरुषको तुलनामा ५ महिलालाई यो संक्रमणको पहिचान गरिएको छ ।

पुरुषहरु कोरोना संक्रमणको कारण गम्भीर बिरामी हुन सक्ने र अस्पतालमा भर्ना हुन आवश्यक पर्ने विश्वास गरिन्छ । सामाजिक र सांस्कृतिक कारणले गर्दा, भाइरस संक्रमणको जोखिम पुरुषहरुमा बढी हुन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिम महिलामा कम छ किनभने एक्स क्रोमोजोम र सेक्स हर्मोनका कारण उनीहरुसँग अधिक रोग प्रतिरोधात्मक क्षमता हुन्छ,’ जिन्यिन्तान अस्पतालका चिकित्सक ली झांग भन्छन् ।

जो पहिलैदेखि बिरामी थिए…

९९ जना संक्रमितहरुमा धेरैजसो पहिल्यैदेखि कुनै न कुनै रोगबाट संक्रमित भएकोले गर्दा उनीहरुमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी थियो ।
चिकित्सकहरु यसलाई कमजोर प्रतिरक्षाको परिणामको रुपमा वर्णन गर्छन् ।

४० जना बिरामीहरुमा मुटु कमजोर वा नसाको समस्या थियो । र, १२ जनालाई मधुमेहको समस्या थियो ।

(एजेन्सीको सहयोगमा)

(तस्वीर सबै गुगलबाट)

कोरोना भाइरस सम्बन्धि लोकपथमा प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

कोरोना भाइरस : ८ सय बढीको मृत्यु

होसीयार १ कोरोना भाइरसको कारण शुक्रबारमात्रै ८६ जनाको मृत्यु, ७ सय २४ पुग्यो मृतक संख्या

कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे

कोरोना भाइरस : यसरी सङ्क्रमणबाट बच्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?