चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो

काठमाडौं । चीनको शीर्ष राजनीतिक निकायले सोमबार जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विज्ञले वर्तमान कोरोनाभाइरस प्रकोप वन्यजन्तुबाट मानिसमा सरेकोे प्रमाण देखिएको बताउँदै आएका छन् ।

सोमबार चीनको राष्ट्रिय जन–कंग्रेसको स्थायी समितिले जंगली जीवको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘जन स्वास्थ्य तथा पर्यावरणीय सुरक्षा’को प्रतिरक्षाका लागि उक्त कदम उठाएको घोषणमा बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?