भयावह कोरोना भाइरसबारे केही महत्वपूर्ण जिज्ञासा र डाक्टरका जवाफ (विवरणसहित)

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार ४ सय ३६ पुगिसकेको छ भने १ लाख ४५ हजार ६ सय ७३ जनामा भाइरसको सङ्क्रमण भेटिइसकेको छ(समाचार प्रकाशित गरुन्जेलसम्ममा) ।

गत डिसेम्बर महिनाको अन्तिम साता फैलिएको यो महामारी अहिलेसम्म विश्वका १ सय ४५ राष्ट्रहरुमा फैलिसकेको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका बारेमा सबैका आआफ्नै किसिमका जिज्ञासाहरु छन् । यस विषयमा विभिन्न किसिमका अफवाह पनि फैलिँदै गएकाले पनि होला के सही हो/के गलत भन्ने अन्यौलता जनमानसमा छ ।

विश्वभरिबाट सोधिएका प्रश्नहरुमध्ये सबैभन्दा बढी सोधिएका केही प्रश्नसँगै तिनका उत्तर यहाँ साभार गरेका छौं :

यदि हवाइ यात्रा गरिँदै छ भने कसरी सुरक्षित रहने ?

यदि तपाइ हवाइ यात्रामा हुनुहुन्छ भने हवाइजहाजको वातावरण भन्दा पनि आफ्नो हातको सरसफाइमा बढी ध्यान दिनुहोला किनकी तपाइको हात हुँदै विभिन्न किटाणु मुखसम्म पुग्न सक्छन् । डा.रिचर्ड डाउडले भनेका छन्, ‘आफ्नो हातले केके छुँदैछ भन्ने कुरामा सधै सतर्क रहनुस् ।’

विमानस्थलका रेलिङ, ढोका, शौचालय लगायत स्थानहरु अत्यन्तै फोहोर हुन्छन् ।

यस विषयमा डा. डाउड भन्छन्, ‘यी चीजहरु छुँदा केही हुन्न तर, छोइसकेपछि राम्ररी साबुन पानी वा ह्यान्डवासले हात धुनुपर्छ र स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ ।’
‘ह्यान्ड स्यानिटाइजर र एन्टिसेप्टिकहरु हातको सफाइका लागि अत्यन्तै लाभदायी हुन्छन्,’ उनले भने ।

यदि संक्रमित व्यक्ति र म एउटै हवाइजहाजमा छौं भने मलाई संक्रमण हुन्छ ?

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हवाइजहाजमा जसरी हावा घुम्छ र फिल्टर हुन्छ त्यसलाई मध्यनजर गर्दा धेरैजसो भाइरसहरु त्यति सजिलै फैलिन सक्दैनन् ।

आधुनिक जेटहरुमा १० देखि ५० प्रतिशत हावा बाहिरको हावासँग मिसिएर घुमिरहन्छ ।

‘त्यसरी घुमिरहने हावा पनि प्रत्येक घण्टा २० देखि ३० पटकसम्म फिल्टर हुन्छ,’ रोग नियन्त्रण तथा रोकथाम केन्द्र भन्छ ।

यसबाहेक, हावा सामान्यतया एयरक्राफ्टभित्र परिभाषित क्षेत्रमा घुम्छ जसले गर्दा साना कणहरुद्वारा फैलिने भाइरस तथा ब्याक्टेरिया वितरणको दायरा सीमित हुन्छ । नतिजास्वरुप केबिनमा संक्रामक रोगहरुको प्रसारको सम्भावना कम हुन्छ ।

तर, हाँछिउ गर्ने, खोक्ने यात्रुबाट सकेसम्म टाढै रहनुहोला । र, आफूले पनि खोक्दा वा हाँछिउ गर्दा कुइनाले मुख छोप्नुहोला ।

तस्वीर : गुगलबाट

‘वृद्ध’लाई संक्रमण हुने सम्भावना बढी हुन्छ भनिएको छ । खासमा वृद्ध भन्नाले कति उमेरकोलाई जनाउँछ ?

रोग नियन्त्रण तथा रोकथाम केन्द्रले वृद्ध तथा पहिल्यैदेखि कुनै रोग भएका व्यक्ति संक्रमणको उच्च जोखिममा हुने बताएको छ ।

उमेरले ६० वर्षभन्दा माथिका र कुनै रोगव्याद भएका व्यक्तिले धेरै भीड हुने स्थान जस्तै : सिनेमा हल, मल, सार्वजनिक सवारी साधन लगायतका ठाउँहरुमा सकेसम्म जानुहुन्न ।

‘६० वर्षभन्दा माथिका र स्वास्थ्यमा समस्या भएका व्यक्तिले सार्वजनिक स्थानहरुमा जान नहुने कुरामा विशेष सचेत रहनुपर्छ,’ डा.विलियम शाफनर, रोग नियन्त्रण तथा रोकथाम केन्द्रका सल्लाहकार भन्छन् ।

‘भाइरसबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण र एकमात्र तरिका यही हो कि सकेसम्म मान्छेहरुसँग कम प्रत्यक्ष सम्पर्क राख्ने ।’

तर, ६० वर्षदेखि माथिका लाई नै किन अत्यन्तै सतर्क रहनुपर्ने उमेर मानिन्छ ?

‘हामीलाई अहिले को जोखिममा छ भन्ने बारेमा बढी थाहा भएको छ,’ अमेरिकाका सर्जन जेरोम एडाम्स भन्छन्, ‘कोरोना भाइरसका कारण मृत्यु हुनेको औसत उमेर ८० भएतापनि ६० वर्षदेखि माथिका ले उचित सतर्कता अपनाउनुपर्दछ ।’

के मैले चाइनिज, कोरियन र इटालियनदेखि टाढै रहनुपर्छ ?

कुनै निश्चित भूगोलमा सबैजना कोरोनाभाइरसको जोखिममा हुँदैनन् । तर, समाजमा फैलिने अफवाह र कोरोना भाइरस सम्बधीका भ्रामक दाबीहरुले भाइरसको नकारात्मक प्रभावलाई झन् बुलन्द बनाएको छ ।

कोरोना संक्रमण र संक्रमितलाई लिएर जुन किसिमको दृष्टिकोण विकास भएको छ विश्व समाजमा त्यसले संक्रमितहरुको मानसिक र भावनात्मक स्वास्थ्यमा पनि ठूलो असर पारेको छ ।

खानाको माध्यमबाट पनि कोरोना भाइरस संक्रमण हुन्छ ?

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, ‘कोरोना भाइरस श्वासप्रश्वासका दौरान थुक, सास आदिका ससाना कणहरुमा मिसिएर निस्किन्छ र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । हालसम्म, कोभिड १९ खानाको माध्यमबाट सर्छ भनेर कुनै प्रमाण भेटिएको छैन ।’

यदि मेरो रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने मैले आफ्नो भ्रमण योजनाहरु रद्द गर्नुपर्छ ?

‘रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु यो भाइरस साथै फ्लुको उच्च जोखिममा पर्दछन् त्यसैले संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क राख्दै नराख्ने,’ स्नोहोमिस हेल्थ डिस्ट्रिक्ट भन्छ ।

स्नोहोमिस त्यही ठाउँ हो जहाँ अमेरिकाको पहिलो कोरोना भाइरस संक्रमण देखिएको थियो ।
कोरोना भाइरसको प्रकोप हुनु अघि नै कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरुलाई यात्रामा जाँदा बिरामी परेको खण्डमा धेरै गम्भीर समस्या देखापर्ने गरेको अनुसन्धानले देखाउँछ ।

(सिएनएनबाट )

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

कोरोनाको त्रास : अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित

युभेन्ट्सका फरवार्ड डिबलालाई पनि कोरोना संक्रमण

लेस्टर सिटीका तीन खेलाडीमा कोरोनाको लक्षण

कोरोनाको प्रभाव च्याम्पियन्स लिगमा : युभेन्ट्स र लियोनबीचको खेल स्थगित

कोरोनाका कारण सिटी र रियलबीचको खेल स्थगित

चेल्सीका फरवार्ड ओडोइलाई कोरोना संक्रमण,अन्य खेलाडी र स्टाफ क्वारेन्टाइनमा

युरोकप फुटबल स्थगित गर्ने युईएफएको तयारी

आर्सनलका प्रशिक्षकलाई कोरोना संक्रमण, कोरोनाबाट मर्नेहरुको संख्या ५ हजार नजिक

कोरोना आतंकपछि ला लिगाका खेल स्थगित, खेलाडी क्वारेन्टाइनमा

फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

युभेन्ट्सका डिफेन्डर रुगानीलाई कोरोनाको संक्रमण

कोरोना महामारी : सरकारका १९ निर्णय-श्रमस्वीकृत स्थगितदेखि फिल्म हेर्न जान रोक लगाउनेसम्म

अमेरिकी सेनाले नै कोरोना लिएर वुहान आएको चिनियाँ अधिकारीको दाबी

कोरोनाभाइरस महामारी : पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

कोरोनाभाइरस महामारी : नमस्कार गरौँ, सङ्क्रमणहुनबाट बचौँ

कोरोनाभाइरस महामारी : क्यानडाका प्रधानमन्त्री जस्टिनकी श्रीमतीमा पनि कोरोना

कोरोनाभाइरस महामारी : भारतमा एक जनाको मृत्यु भएको पुष्टि

कोरोनाबाट बच्न लण्डनमा अपनाइयो अनौठो तरिका !

कोरोनाभाइरस महामारी : सरकारले घोषणा गर्यो नयाँ ‘प्लान’

कोरोनाको कारण उद्योग वाणिज्य महासंघको निर्वाचन अन्यौलमा

कोरोनाभाइरस महामारी : यूएईमा रहेका नेपालीलाई सतर्क रहन आग्रह

नेपालमा कोरोनाभाइरसको आशंकामा ६ जना आइसोलेसनमा, प्रवक्ता भन्छन्-बिरामी लुकाएका छैनौं

कोरोनाको कारण चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

कोरोना भाइरसः ट्रम्पद्वारा ५० अर्ब डलर आर्थिक राहतको घोषणा

कोरोनाभाइरस महामारी : भारतमा ७३ जनामा संक्रमण, हरियाणा महामारी घोषित

कोरोनाबाट हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती संक्रमित

कोरोना भाइरस : भारतमा कठोर ‘यात्रा प्रतिबन्ध’, आफ्नै नागरिकलाई पनि प्रवेशमा रोक

कोरोना भाइरस : अस्पतालबाट मास्क चोरेको आरोपमा ‘फर्मासिस्ट’ पक्राउ

कोरोना भाइरस : बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी

कोरोनामा नयाँ सफलता : चीनमा पत्ता लाग्यो १५ मिनेटमै नतिजा पत्ता लगाउन सकिने किट

कोरोना भाइरस : अमेरिकामा संक्रमितको संख्या एक हजार पुग्यो

इटालीमा कोरोना नियन्त्रणको लागि चीनले पठायो विज्ञ टोली

कोरोना भाइरसः पूर्वतयारीको लागि विश्व बैंकले नेपाललाई साढे ३ अर्ब दिने

कोरोना भाइरस :बैतडीमा आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरस अपडेट : अहिलेसम्म ४ हजार २९९ को मृत्यु

कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट बच्न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु

कोरोना भाइरस : उच्चस्तरिय समितिको बैठक

कोरोनाभाइरस प्रकोप : भारतले म्यानमारसँगको सिमाना बन्द गर्यो

कोरोनाबाट क्यानडामा पनि एकको मृत्यु

खाली भयो वुहानको अस्पताल (भिडियोसहित)

वुहान अवलोकनमा निस्किए राष्ट्रपति सी

कोरोना भाइरस : फ्रान्सका संस्कृतिमन्त्रीलाई पनि भेटियो

कोरोना भाइरस अपडेट : मृतकको संख्या ४ हजार नाघ्यो

अष्ट्रेलियामा एक नेपालीमा कोरोना संक्रमण : ४ जना क्वारेन्टाईनमा

कोरोना भाइरस : बंगलादेश र माल्दिभ्स पनि संक्रमण भेटियो

अमेरिकामा कोरोनाबाट २१ को मृत्यु, ८ प्रान्तमा आपत्कालको घोषणा

कोरोना भाइरस अपडेट : मृतकको संख्या ३८ सय नाघ्यो

कोरोना भाइरस : १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

अर्को सूचना नहुँदासम्मका लागि यूरोपको उडान रोकियो

डाक्टरसँग कोरोनाका बिरामीले हेरे अस्ताउँदै गरेको सूर्य, तस्वीरले रुवायो सबैको मन

कार्यक्रममा पुगेका कोरोना संक्रमितसँग राष्ट्रपति ट्रम्पले हात मिलाएको दाबी

कोरोना भाइरस : इटालीमा ह्वात्तै बढ्यो, डेढ करोडलाई क्वारेन्टाइनमा राखिने

क्वारेन्टाईन भत्किँदा ७ जनाको मृत्यु, २८ को अवस्था अज्ञात (अपडेट)

चीनमा कोरोना संक्रमित राखिएको एक होटल भत्कियो, ७० जना पुरिए

कोरोनाको डरले फ्रान्समा चुम्बन गर्न रोक

विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००

‘मोदीजीको नाम देखेर भाग्छ कोरोना भाइरस’ लेखिएको मास्क बाँडेपछि‘

भारतबाट भुटान पुगेका अमेरिकी नागरिकमा भेटियो कोरोना, सिमा नाका बन्द

कोरोना भाइरस अपडेट : ३ हजार ३ सय ८७ जनाको मृत्यु, ९८ हजार बढीमा सङ्क्रमण

कोरोनाका कारण सङ्कटकाल घोषणा, बेथ्लिहम नगरलाई क्वारन्टाईनमा राख्ने

स्पेनमा कोरोनाका बिरामी एआईभीको औषधीले ठिक भएको रिपोर्ट !

युवकले फोनमा भने विहान मात्रै चीनबाट आएको हुँ, तत्काल खाली भयो रेल

कोरोना संक्रमितको उपचारमा खटिएकी चीनकी यी नर्सलाई चाहियो ‘व्वायफ्रेन्ड’

कोरोनाको त्रास : क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोना भाइरस अपडेट : ३ हजार २ सय ८६ जनाको मृत्यु, ९५ हजार बढीमा सङ्क्रमण

कोरोनाको प्रभाव ठमेलमा, सुनसान छ ठमेल बजार (फोटोफिचर )

कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

कोरोना भाइरसका कारण ईपीएल स्थगित

कोरोनाको त्रासदीकाबीच कालोबजारी गर्नेहरु होसीयार ! तरुण दललाई निर्देशन दिँदै कांग्रेसको यस्तो चेतावनी

राखेपद्वारा सबै खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी

पत्ता लागेकै हो कोरोना भाइरसको खोप ? चीनले गर्‍यो यस्तो दावी !

कोरोना फैलिन नदिन वैज्ञानिकहरुले गरे नयाँ टेक्नोलोजीको आविष्कार

कोरोनाको संक्रमण जटिल भएपछि इटलीले देशभरका विद्यालय बन्द गर्यो

कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा

कोरोना प्रभावित देशलाई हुने भयो राहत, विश्व बैंकले छुट्यायो १३ खर्ब रुपैयाँ

कोरोनाबाट सचेत रहन आग्रह

भारतद्वारा औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा, विश्वभर औषधिको अभाव हुने भय

कोरोना सङ्क्रमण फैलिने डरले ५४ हजार बढी कैदीलाई रिहा

कोरोनाको डरले चीनबाट चेन्नई आएको बिरालोलाई स्वदेश पठाउने तयारी

म होलीमा सहभागि हुन्न भन्दै मोदीले गरे यस्तो ट्वीट !

कोरोनाको डरले श्रीमानले श्रीमतीलाई बाथरुममा थुनेपछि‘

कोरोना भाइरसः एक्सनमा भारतीय प्रधानमन्त्री मोदी, देशवासीसँग गरे यस्तो अपिल

जर्मनीका मन्त्री होर्स्ट जीहोफरले मिलाएनन् चान्सलर एन्जेला मर्केलसँग हात, मात्र भने ‘हेल्लो’

कोरोनाको डरले हातको सट्टा खुट्टा मिलाउँदै भिडियो बन्यो भाइरल (भिडियोसहित)

मलाई कोरोना भाइरसको कति खतरा ?

कोरोना सङ्क्रमणबाट बच्न क्यानडाको यस्तो टेक्निक !

अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

भयावह बन्दै कोरोना : डब्ल्यूएचओले भन्यो, सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक देशसँग छुट्टै तरिका हुनुपर्छ

अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?