यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

काठमाडौं । कोरोना भाइरसका कारण सारा विश्व नै अहिले त्रसित छ । यसको संक्रमणबाट अहिलेसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन् ।

भाइरसको डरमा बाँचिरहेका आम मानिसहरु औषधीको पत्ता नलाग्दा स सानो कुरामा पनि डराउँन बाध्य छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उडिरहेको हवाईजहाजमा एक व्यक्तिले कोरोना भाइरस लागेको बताएपछि पाइलटले बीचबाटो बाटै तत्कालै विमान फर्काएका छन् ।

यो घटना क्यानडाको वेस्टजस्ट एयरलाइन टोरन्टोबाट जमैका जान लाग्दा भएको हो । अनुसन्धानका क्रममा प्रहरीलाई ति व्यक्तिले केहि दिन अगाडि चीनको यात्रामा गएको र त्यहिँबाट कोरोना भाइरस भएको बताएका छन् ।

विमानमा रहेका अन्य व्यक्तिहरुले उक्त व्यक्ति प्लेनमा एक्लै हाँसेर सेल्फी खिच्ने गरेको र मलाई भाइरस छ भनेर चिच्याई रहेको विमानका अन्य यात्रीहरुले बताएका छन् ।

यो कुुरा पाइलटले सुन्ने बित्तिकै उनले विमान फर्काएका थिए । टोरन्टो पुग्ने बित्तकै ति व्यक्तिलाई पुलिसले समातेर अनुसन्धान थालेको छ । जहाजमा २ सय ४३ यात्री रहेका थिए ।

एयरलाइन्सले विमानमा रहेका यात्रीहरुसँग माफी मागेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?