अमेरिकी सेनाले नै कोरोना लिएर वुहान आएको चिनियाँ अधिकारीको दाबी

काठमाडौं । चीनका एक अधिकारीले बिहीवार अमेरिकी सेनाहरुले नै कोरोना भाइरस लिएर चीन आएको आरोप लगाएका छन् ।

संसारभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस तीव्र गतिले फैलिएका बेला दुबै देशकाबीचमा जारी वाक् युद्धका कारण यस्तो बयान आएको हुनसक्ने अनुमान गरिएको छ ।

चीनको सरकारी पत्रिका ‘ग्लोवल टाइम्स’ले बिहीवार आफ्नो खबरमा अमेरिकी रोग नियन्त्रण एवम रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले बताए अनुसार फ्लुका केहि बिरामीहरु पहिचान गर्न गल्ती भएको थियो, जुन कोरोना भाइरसबाट ग्रस्त थिए ।

खबरका अनुसार कोरोना भाइरस अमेरिकामा अत्याधिक फैलिइरहेको तर अमेरिकी सरकारले सूचना लुकाईरहेको छ ।

चीनको विदेश मन्त्रालयका एक प्रवक्ता जाओ लिजिआनले सायद अमेरिकी सेनाले नै कोरोना भाइरस वुहान लिएर आएको हुनसक्ने आरोप लगाएका छन् ।

चीनको सबैभन्दा धेरै प्रभावित हुवेई प्रान्तको वुहान शहर नै रहेको छ । तर लिजिआनले अमेरिकी सेनाका बिरुद्ध आफ्नो आरोपमाथि बिस्तारमा भने बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?