चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा कोरोना भाइरसको संक्रमण दर घटिरहेको बताएको छ । चीनमा संक्रमण दर घटिरहे पनि अन्य छिमेकी मुलुकमा भने बढ्न थालेपछि डब्लुएचओले चिन्ता व्यक्त पनि गरेको छ ।

चीन बाहिर ३८ मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरिया, इटली, इरान, जापान , अमेरिका, अफगानिस्तान, बहराइन र कुवेतमा देखिएको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस एडहानोमले तीन साताअघि उच्च विन्दुमा रहेको कोरोनाको संक्रमण चीनमा घटदो क्रममा रहेको बताएका छन् ।अहिलेसम्म चीनमा २ हजार १ सय १८ जनाको ज्यान गएको छ । चीनको हुवई प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो ।

भाइरसका कारण मृत्यु भएका व्यक्तिको संख्या बढे पनि संक्रमितको संख्यामा कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ ।डब्लुएचओका प्रमुख एडहानोमले यो महिनादेखि दक्षिण कोरिया, इटली र इरानमा कोरोना भाइरसको संक्रमण बढनु चिन्ताको विषय भएको बताएका छन् ।

कोरियामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ८ सयभन्दा बढी पुगेको छ । सहरका मल, व्यापारिक प्रतिष्ठान र अन्य क्षेत्र भीडभाड तथा जमघट हुने स्थल बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस् : युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

त्यस्तै, कोरोनाको त्रास फुटबलमा पनि देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण्मका कारण आज इन्टरले बुल्गेरियन क्लबसँगको खेल रंगशाला बन्द गरेर खेल्ने भएको हो । इन्टरले पहिलो लेग खेल बिहिबार राति खेल्नेछ । तर, मिलानमा कोरोना तीव्र गतिमा फैलिएको कारण दर्शक बिना खेल खेलिने भएको हो ।

यो पनि पढ्नुहोस् : कोरोनाको त्रास फुटबलमा पनि, इन्टरले युरोपा लिगको खेल बन्द रंगशालामा खेल्ने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?