कोरोनाविरुद्ध सार्क राष्ट्र : भिडियो कन्फरेन्सबाट छलफल हुने, प्रधानमन्त्री ओली पनि सहभागि हुँदै

काठमाडौं । सार्क राष्ट्रबीच आज भिडियो कन्फरेन्समार्फत छलफल हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्न साझा रणनीति बनाउन छलफल हुन लागेको हो ।

नेपाली समय अनुसार आइतबार बेलुकी पाँच बजे छलफल हुने भएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली आफै सहभागि हुने छन् ।

ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

छलफलमा कोरोनाविरुद्ध लड्न आ–आफ्ना देशले के-के कदम चालीरहेका छन् सो विषयमा छलफल हुने बताइएको छ । त्यसपछि साझा नीति तय गर्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स मार्फत छलफल गर्न आग्रह गरेका थिए । उनको उक्त प्रस्तावलाई सबै सार्कहरुले सहमति जनाएका थिए ।

नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्री मोदीको प्रस्तावमा समर्थन जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?