मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा

काठमाडौँ । कोरोना भाइरसको माहामारी फैलिरहेको बेला मास्क लगाउन अस्वीकार गर्ने एक चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

समाचारअनुसार किउ नाम गरेकी दक्षिणी चीनको सेनजेन सहरकी ती महिला बिना मास्क एक सुपरमार्केटमा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

गत जनवरी २६ देखि अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीहरुले अनिवार्यरुपमा मास्क लगाएर हिँड्न स्थानीयलाई आग्रह गरेका थिए ।

तर सरकारी आग्रहविपरित सुपरमार्केटमा बिना मास्क देखापरेकी ती महिलालाई सुरुमा त्यहाँका व्यापारीले मास्क लगाउन वा त्यहाँबाट बाहिरिन भनेका थिए ।
उनले सो आग्रह अस्वीकार गर्दै उल्टै बावविवाद गर्न थालिन् । पछि प्रहरी आएर उनलाई गिरफ्तार गर्यो । सो घटनासम्बन्धी सार्वजनिक भएको सीसीटीभी फुटेजमा महिलालाई प्रहरीले पक्राउ गर्दै गरेको दृश्य देखिन्छ, सो क्रममा उनले प्रहरीसँग पनि निकै विवाद गरेकी थिइन् ।
कोरोना भाइरसको महामारी फैलिएको चीनका विभिन्न स्थानमा अहिले मास्क नलगाइ घरबाहिर निस्कन अधिकारीहरुले प्रतिबन्ध लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?