कोरोना भाइरसः पूर्वतयारीको लागि विश्व बैंकले नेपाललाई साढे ३ अर्ब दिने

काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरस न्यूनिकरणको लागि विश्व बैंकले नेपालाई ३ अर्ब ४३ करोड रुपैयाँ दिने भएको छ । साथै विश्वमा नै महामारीको रुपमा लिइएको कोराना भाइरस न्युनिकरणको लागि आपतकालिन रुपमा सहयोग स्वरुप १२ अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको हो । त्यसैमध्येबाट विश्वबैंकले नेपाललाई झण्डै साढे ३ अर्ब रकम उपलब्ध गराउन लागेको हो ।

विश्व बैंकले उपलब्ध गराउन लागेको उक्त रकम भाइरस सचेतना, रोकथाम तथा पूर्वतयारीको लागि उपभोग गरिने अर्थमन्त्रलयले जनाएको छ । विश्व बैंकका नेपालस्थित देशीय प्रतिनिधिसंग अर्थ तथा स्वास्थ्य मन्त्रालयका अधिकारीसंग कोरोनाको प्रभावित क्षेत्रको बारेमा कसरी अध्ययन गर्ने भन्ने कुराको लागि छलफल गर्नका लागि मंगलबार बैठक बसेको थियो ।

चीनबाट शुरु भएको कोरोना विश्वका १ सय भन्दा बढि मुलुकमा फैलिसकेको छ । यसले विश्वकै जनजीवनमा मात्र होइन अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाे छ । एशियाली विकास बैंक तथा विश्वका अन्य ठुला निकायहरुले कोरोनाको कारण वैदेशिक लगानि तथा कुल ग्राहस्थ्य उत्पादनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?