कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गरेको छ ।

चिनियाँ अधिकारीहरूले सो सहरमा भएका नागरिकलाई अन्यत्र नजान सल्लाह दिएका छन् । उनीहरु लुनार नयाँ वर्षको अवसरमा विभिन्न स्थानमा जान चाहन्थे ।

अहिले सम्म ५०० मानिसलाई संक्रमण भएको र १७ जनाको मृत्यु भएको जनाइएको छ । कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ।

स्वासप्रस्वास सम्बन्धी यो संक्रमणको समश्या चीनका विभिन्न भागमा फैलिएको छ । अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा समेत यस खालको समस्या देखिएको छ । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?