कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?

काठमाडौं । चीनमा कोरोनाभाइरसका कारण सोमबारमात्रै १०३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाभाइरसका कारण १०१६ जनाको मृत्यु भएको छ भने ४२ हजार ६३८ जनालाई भाइरसको संक्रमण भएको छ । मृत्यु हुने मध्य १०१४ चीनका छन् भने बाँकी एक जना फिलिपिन्स र एक जना हङकङका छन् ।

चीनमा कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ ।

आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन् । उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । स्थानीय रेडक्रसका डेप्युटी जनरललाई पनि कर्तव्यबाट पछि हट्दै चन्दा संकलनमा सक्रिय रहेको भन्दै हटाइएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोनन भाइरस संक्रमितहरुको उपचार भइरहेको अस्पतालको निरीक्षण गरेका छन् । भाइरसको आउटब्रेकपछि सिले कोरोना प्रभावित क्षेत्रको भ्रमण गरेको यो पहिलोपटक हो ।

बेइजिङमा रहेको एक स्थानीय अस्पताल पुगेर उनले संक्रमितहरुको उपचारका बारेमा जानकारी लिएका हुन् । अस्पताल पुगेका सिले सर्जिकल मास्क लगाउनुका साथै आफ्नो शरीरको तापक्रम जचाएका थिए ।

निरीक्षण पछि भिडियो सन्देश दिँदै उनले भने, ‘यस महामारी विरुद्ध जित्न सक्छौं भन्ने विश्वास हामीमा हुनुपर्छ’।

यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

एजेन्सी

यो पनि पढ्नुहोस : ९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?