अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमवार कोरोना भाइरस (कोविड १९) को उपचार गर्नका लागि आउँदो गर्मीसम्ममा औषधी उपलब्ध भईसक्ने बताएका छन् ।

उनले कोरोना भाइरस संक्रमणबाट पीडितहरुका लागि यसको औषधी र उपचार यस वर्षको गर्मीसम्ममा उपलब्ध भईसक्ने बताएका हुन् ।

गिलीएड कम्पनीको औषधी रेमडेसिवरको प्रयोग अमेरिकामा कोरोना भाइरस संक्रमित एक बिरामीलाई उपचारका लागि प्रयोग गरिएको छ । तर उक्त उपचार भने परिक्षणका रुपमा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?