बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय

बेइजिङ-चीनको बेइजिङ महानगरले देशका अन्यत्र बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन दिएको छ । यो निर्देशन पालना नगर्ने व्यक्तिले दण्ड–सजाय भोग्नुपर्नेछ ।
बिदा मनाएर फर्किएका सहरवासीलाई ‘आफ्नै घरमा क्वारेन्टाइनमा बस्न अथवा निर्धारित स्थानमा क्वारेन्टाइनमा बस्न’ बेइजिङ महानगरले निर्देशन दिइएको छ ।
बेइजिङमा झण्डै दुई करोड मानिस बसोबास गर्नेगर्छन् । बेइजिङ महानगरले शुक्रबार जारी गरेको निर्देशन चीनकै अन्य भागमा घुम्न गएका सहरबासीमाथि लागू हुनेछ ।
चीनमा भर्खरै वर्षकै सबैभन्दा ठूलो पर्व ‘लुनार नयाँ वर्ष’ सकिएका छ । यो पर्वमा करोडौं संख्यामा चिनियाँहरु घुम्न निस्कन्छन् ।
कोरोनाभाइरस प्रकोपले गर्दा यो वर्ष लुनार नयाँ वर्षको बिदा अवधि लम्बाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?