कोरोना भाइरस : १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

काठमाडौं । कतारले नेपालसहित १४ वटा देशका यात्रुलाई कतार प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै कतारले त्यस्तो कदम चालेको अधिकारीहरुले बताएका छन् ।

कतार सरकारले आइतबार जारी गरेको सूचनामा नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको छ ।

कतारको यो रोक अस्थाई हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?