कोरोना भाइरसबाट अमेरिकामा थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संयुत्त राज्य अमेरिकामा थप ४ जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म उक्त भाइरसका कारण ६ जनाको ज्यान गइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेको बताइएको छ । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । त्यहाँ संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ ।

वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने बताएका छन् । यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् ।

वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् ।

संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?