पत्ता लागेकै हो कोरोना भाइरसको खोप ? चीनले गर्‍यो यस्तो दावी

काठमाडौं । विश्व नै आतंकित बनाएको कोरोना भाइरसको ओखती अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अनुसन्धानकर्ताहरु यो रोगको ओखती पत्ता लगाउन जुटिरहेको भएपछि अहिलेसम्म उल्लेख्य प्रगति हासिल हुन नसकेको हो ।
यही क्रममा चीनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन (खोप) तयार पारेको जनाएको छ । चीनले यो खोप बनाएर महत्वपूर्ण सफलता मिलेकोे पनि दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो।

यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो। वुहान त्यही सहर हो, जहाँबाट कोरोनाको उत्पति भएको मानिन्छ।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?