बल्ल कोरोना भाइरसविरुद्ध एक्सनमा उत्रियो नेपाल, के के ग-यो सरकारले ? (अपडेट सहित)

काठमाडौं । गत डिसेम्बर अन्तिम साता छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण यो समाचार तयार पार्दासम्म ३ हजार ५३ जनाको मृत्यु भएको छ । ८८ हजार ४ सय ४३ जना संक्रमित भएका छन् ।

चीनमा ४४ हजार ४ सय ६२  जना सामान्य उपचारपछि फर्किएका छन् भने हजारौँ मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।

कतै उद्दार कार्य चलेको छ, वैज्ञानिकहरु दिनरात नभनी यसको औषधी खोजिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत हजारौँ मानिसलाई क्वारेन्टाइनमा राखिएको छ भने केहीमा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमित फेला परेका छैनन् । तर दर्जनौँ मानिस कोरोनाको आशंकामा उपचाररत छन् ।

चीनको वुहानबाट उद्दार गरेर ल्याइएका एक सय ७५ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनबाट आज चेकजाँच गरी घर पठाइएको छ । यसैबीच आक्रमक रुपमा फैलिएको यस संक्रामक रोगको कारण खाडी देशहरु पनि नराम्ररी प्रभावित बनेका छन् । त्यहाँ अध्ययन र रोजीरोटीको लागि गएका लाखौँ नेपाली त्रसित बनेका छन् ।

कोरोना भाइरस फैलिएको करिब ६२ दिन बितिसक्दा छलफल गरिरहेको बताउने सरकार पछिल्लो २ दिनदेखि एक्सनमा उत्रिएको छ । सरकबारले भिजिट नेपाल २०२० पनि स्थगित गरेको छ । चीनको वुहानबाट नेपालमा ल्याउने क्रममा समेत ढिलाइ गरेर आलोचना खेपेको सरकारले अहिले भने नागरिकलाई सरकारले काम गरिरहेको छ भन्ने आभाष दिलाएको छ ।

नेपाल सरकारले विदेशी नागरिकहरुलाई दिँदै आएको अन दी अराईभल भिसा नदिने निर्णय गरेको छ । नेपालले लगभग सबै देशका नागरिकलाई अराईभल भिसा दिँदै आएको थियो । नेपालमा १२ देशका नागरिक तथा यात्रा अनुमति पत्र बोकेका शरणार्थीहरुले अग्रिम भिसा लिनुपर्ने व्यवस्था छ । नाइजेरिया, घाना, जिम्वावे, स्वाजिल्याण्ड, सोमालिया, क्यामरुन, लिवेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानस्तान र सिरियाका नागरिकले अग्रिम भिसा लिनुपर्ने प्रावधान थियो।

यसैमाथि चीनमा कोभिड १९ फैलिरहेको अवस्थामा पनि चिनियाँ नागरिक खुरुखुरु नेपाल आइरहेका थिए । अब भने सरकारले चेकजाँचमा कडाइ गर्दै छ ।

चीनमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपाल पनि उच्च जोखिममा रहेको छ। झनै नेपाल भ्रमण वर्ष २०२० को कारण पनि नेपाल आएकाहरु यतै बसिरहेका छन् । यही मार्च ७ गते देखि लागु हुने गरी नेपालले अराइभल भिसामा कडाइ गर्ने बताएको छ। कोरोना प्रभावित देशहरुबाट नेपाल प्रवेश गर्ने नागरिकलाई त्यस्तो भिसा नदिने र अन्य देशबाट आउनेहरुलाई पनि उनीहरुको पछिल्लो भ्रमण विवरण हेरेर मात्र दिने गरी सरकारले निर्णय गरेको छ।

भाइरसको संक्रमण रोकथामका लागि चीनसँग जोडिएका गोरखाका दुई नाकाबाट आवतजावत बन्द गरिएको छ ।उत्तरी क्षेत्रको सामागाउँ र छेकम्पारमा चीनसँग जोडिएको नाकाबाट आउजाउ गर्न रोक लगाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई निर्देशन दिएका छन् ।

अब विदेशीले नेपाली भिसा प्राप्त गर्नका लागि अग्रिम अनलाइनबाट भिसा आवेदन दिनुपर्ने तथा स्वास्थ्य रिपोर्टसमेत पेस गर्नुपर्ने छ । त्यस्तै सरकारले यस अवधिमा विदेश भ्रमणमा नजान सुझाव दिएको छ ।

सरकारले पारिवारिक कार्यक्रम संस्कार विवाह भोजभतेर, सभा सम्मेलन गर्दासमेत ध्यान दिन सुझाव दिएको छ। भिडभाडमा नजान पनि सुझाव दिएको छ ।

सरकारले खरिपाटीको क्वारेन्टाइन कायम राख्दै निजी अस्पतालहरुलाई पनि तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

यसैबीच सर्वोच्च अदालतले कोरोनाको त्रास बढिरहेका बेला शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई तत्कालै आइसोलेसन वार्डमा राख्ने व्यवस्था गर्न आदेश गरेको छ । अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सोमबार यस्तो आदेश भएको हो ।

फाइल फोटो

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था गर्न, स्वास्थ्य परीक्षणविना आउन नदिन तथा कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षणविना प्रवेशमा रोक लगाउन सरकारका नाममा आदेश दिएको छ ।

डब्लुएचओले नेपाललाई कोरोना संक्रमणको जोखिममा देखेको हुनाले अत्यावश्यक अवस्थामा वाहेक विमानस्थलमा प्रवेश नगर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले आग्रह गरेको छ । साथै आफ्नाआफन्तलाई पु-याउन र लिन जानेहरुलाई समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न नदिने भएको छ ।

प्रदेश ५ सरकारले लगानी सम्मेलन तथा विभिन्न जिल्लामा हुन लागेका मेला–महोत्सवहरू स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

कोरोनासँग लड्न नेपाल कतिको तयार ?

सिंगो विश्व नै जुधिरहेको यस समस्याबाट बच्न नेपालले चाहिँ के कस्तो कदम चालेको छ त ?

नेपाल सरकारले कोरोना संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको छ । प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार विश्वभर फैलिँदै गएको कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार गरिएको छ । उनले भने, ‘तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको छ ।’
कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षमा जनशक्ति र तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने प्रवन्ध पनि मिलाइएको छ ।

यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाइ कार्यान्वयन गर्ने तयारी गरिएको उनले बताए । उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्वतयारीका लागि बैठक तथा छलफल गरिएको छ । त्यस्तै, बैठकले ठूलो सार्वजनिक भेलाहरुमा पनि उपस्थित नहुने सल्लाह दिएको छ ।

उता कोरोनाभाइरस संक्रमणको आशंकामा चार जना आइसोलेसन वार्डमा राखिएका छन् । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो ।

फाइल फोटो

दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एक जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । हालसम्म ती दुई देशबाट आएका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाइएको छ ।

बहराइन जान लागेका ३० नेपाली स्वदेश फर्काइए

दुबईबाट बहराइन जान लागेका ३० नेपालीलाई नेपाल नै फर्काइएको छ । विश्व भर कोरोनाको प्रकोप बढ्नन थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
विश्वरभर कोरोनाको प्रकोप तीव्र रुपमा फैलिन थालेपछि उनीहरुलाई स्वदेश फर्काइएको बताइएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने या नराख्नेबारे केही बताइएको छैन ।

यसअघि नेपाल सरकारले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभा–सम्मेलनसमेत स्थगित गरेको छ ।
हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि कोरोनाको कारण भोजभतेर तथा भिडभाड नगर्न भनिएको छ ।

नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभासम्मेलन स्थगित

नेपाल सरकारले नेपालमा आयोजना हुने भनिएको सबै अन्तर्राष्ट्रिय सभासम्मेलन स्थगन गर्ने निर्णय गरेका छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ ।

विश्वकभर कोरोनाको आतंक फैलिँदै गएपछि पूर्वसावधानी स्वरुप उक्त कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

सरकारको नाममा अन्तरिम आदेशः आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्नू !

सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परिक्षणविना प्रवेश नदिन पनि आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमवार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

खाडी मुलुकमा कोरोना भेटिएपछि त्रसित नेपाल‘

चीन नेपालको छिमेकी राष्ट्र भएकाले पनि नेपालमा कोरोना भाइरसको जोखिम बढ्दो छ । फेरि, कतार, मलेसिया, यूएई९दुबाई०, ओमन, बहराइन लगायत खाडी मुलुकहरुमा समेत कोरोनाबाट संक्रमित भेटिएपछि रोजीरोटीको लागि परदेशिएका नेपालीहरुमा चिन्ता थपिएको छ । नेपालीहरुको श्रम गन्तव्य रहेका यी मुलुकहरुमा कोरोनाको संक्रमण भेटिनुले नेपालमा पनि छिट्टै यसको महामारी फैलिन्छ भन्ने त्रास बढेको हो ।

करिब ४० लाख नेपालीहरु श्रम तथा रोजगारीका लागि पुगेका यी देशलाई विश्व स्वास्थ्य संगठनले नै कोरोना भाइरसको उच्च जोखिम रहेको क्षेत्र भनेर घोषणा गरिसकेको छ । नेपाल आफै पनि यस सूचीमा छ तर, यस विषयमा नेपालको पूर्वतयारी शून्यजस्तै छ भन्दा फरक नपर्ला ।

विमानस्थलको स्क्यानिङ मेशिन बिग्रनु, सरासर पर्यटक आउन दिइनु छलफल भइरहेको छ भन्ने जवाफले टार्नु, अस्पताल लगायतको पूर्वतयारी नगरिनु, उपचाररत बिरामी अस्पतालबाटै भाग्नु, चीनको वुहानबाट निकै ढिलो गरेर नेपाली स्वदेश फर्काइनु जस्ता गतिविधिले प्रष्टै देखाउँछ सरकारको आफ्ना जनताको स्वास्थयप्रतिको असंवेदनशीलता ।

यदि ती देशहरुमा पनि कोरोना भाइरसले चीनमा जस्तै महामारीको रुप लिएको खण्डमा त्यहाँ भएका नेपालीहरुलाई के कसरी सुरक्षित स्थानमा राख्ने, कसरी देश फर्काउने भन्ने बारेमा त्यहाँको सरकारसँग कुनै छलफल भएको छैन ।

खाडी मुलुकबाट आएका नेपालीहरु वा पर्यटकहरुलाई विमानस्थलमा विशेष स्वास्थ्य परिक्षण गर्ने कुनै व्यवस्था मिलाइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरु खुलेआम अरुवेलाजस्तै आवतजावत गरिरहेका छन् ।

रोजगारीकै लगि धेरै नेपालीहरु जाने अरु राष्ट्र दक्षिण कोरिया र जापानमा पनि कोरोना भाइरसको प्रकोप व्यापक रुपमा फैलिँदै छ । दक्षिण कोरियामा ४ हजार भन्दा बढीमा यसको संक्रमण भेटिएको छ भने करिब ३० जनाले ज्यान गुमाइसकेका छन् ।

यो मुलुकमा ४४ हजारभन्दा बढी नेपालीहरु कार्यरत छन् । त्यस्तै, जापानमा लगभग ३ सय जना कोरोना भाइरसबाट संक्रमित भएको तथ्याङ्क बाहिरिएको छ । जापानमा अध्ययनका लागि हजारौं विद्यार्थी छन्, उनीहरु पनि निकै त्रसित छन् ।
कहाँबाट, कसरी फैलियो महामारी रु

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।

भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण ?

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ स्

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क ९हात मिलाउने, अंकमाल गर्ने, छुने आदि०

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षणः

ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने ?

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको भएपनि चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने

– नियमित साबुन पानीले हात धुनेरहातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

कोरोनासँग सम्बन्धित यी समाचार छुटाउनुभयो कि ?

चीनको वुहानबाट ल्याइएका नेपाली आज घर जाँदै, विश्वभर मृतक संख्या ३ हजार नाघ्यो

दुई जनालाई नयाँ दिल्लीमा देखियो कोरोना संक्रमण, २३ हजार भन्दा धेरै निगरानीमा

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

कोरोना संक्रमण रोक्न सरकारको यस्तो तयारी, नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने

सरकारको लापरवाहीको पराकाष्ठा : खुरुखुरु नेपाल छिर्छन् चिनियाँहरु, २ महिनामा २७ देशमा फैलियो कोरोनाको महामारी

कोरोना भाइरसबाट मर्नेको सङ्ख्या ३ हजार नाघ्यो, ८८ हजार ४ सय ४३ पुगे संक्रमित

कोरोना भाइरस नियन्त्रण गर्न सरकारका नाममा अन्तरिम आदेश !

प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे उठ्यो यस्तो माग, सम्बोधन गर्ला त सरकारले ?

कोरोना भाइरसको कहर : एक नेपालीलाई भारतले गर्यो उद्धार !

बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो

स्पेनको होटलमा पनि कोरोनाको सङ्क्रमण, सयौँ मानिसलाई आफ्नै कोठामा बस्न आदेश !

उपस्वास्थ्यमन्त्री पनि कोरोनाबाट सङ्क्रमित

कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह

विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ : डब्लूएचओ

चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण

कोरोनाबाट विश्वभर २६ सय १९ जनाको मृत्यु, ७९ हजार बढीमा संक्रमण

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्यो, ७ को मृत्यु, ७६३ जनामा सङ्क्रमण

कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे

कोरोना कोभिड-१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ भन्दै राष्ट्रपति सीले बताए नयाँ सन्दर्भ

कोरोनाका कारण फेरी अर्का चिकित्सकको मृत्यु

वैज्ञानिकहरु कोरोना संक्रमण निको बनाउने औषधीको नजिक, जनावरमा टेस्ट गरिँदै

दक्षिण कोरिया र इरानमा भयावह बन्दै कोरोना भाइरस, इटलीका १२ शहर बन्द

कोरियामा तिव्र रुपमा फैलिँदै कोरोना, सतर्क रहन नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)

छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’

चीनबाट उद्धार गरि क्वारेन्टाईन लगिँदै गरेको गाडीमा आक्रमण

चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरस, ४ सय व्यक्तिमा सङ्क्रमण

कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस

वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्

बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै

आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)

चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय

कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु

चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा

चीनबाट ३२३ जना भारतीयको उद्धार

कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे

अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान

कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप

कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’

मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा

कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु

जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

कोरोना नियन्त्रणका लागि रोबर्ट !

सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस

भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने

कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !

कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)

कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा

कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा

कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही

कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन

चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?

कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’

९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?