नेपाल र कोरोना भाईरस : बच्ने उपाय

कोरोना भाईरस फ्लु विश्वका ३३ मुलुकमा फैलिइसकेकोले यो अब चीनको लागिमात्र होइन अन्तर्राष्ट्रिय खतरा नै भइसकेको चेतावनी विश्वस्वास्थ्य संगठन (WHO) ले औँल्याएको छ र बच्ने व्यवहारिक उपायबारे आधिकारिक सल्लाह पनि जारी गरेको छ । चीनपछि दक्षिण कोरिया यस महामारीबाट बढी आक्रान्त हुन थालेको छ ।

दक्षिण कोरियाको दाएगु सहर यो महामारीबाट सबभन्दा बढी आक्रान्त छ, जहाँ करिब १५ सय नेपालीहरू काम गरेर बसेका छन् । तीमध्ये कतिपय विद्यार्थी पनि छन् । हालसम्म नेपालीहरूमा यो महामारीले संक्रमित भएको सूचना प्राप्त भएको छैन । तर यो महामारीको तीव्र्र गतिमा फैलावट हेर्दा ढिलोचाँडो नेपालीहरूमा पनि नसर्ला भनेर ढुक्कले बस्न सकिन्न ।
चीन वा कोरियाबाट नेपालमा संक्रमण फैलिन बेर लाग्नेछैन । नेपाल सरकारको लापरवाही, दयनीय व्यवस्थापन र उपचारकहरू नै भागाभाग हुनसक्ने त्यो सम्भावित अवस्थामा दसौँ हजारको ज्यान खतरामा पर्ने अवश्यम्भावी भएकोलाई एकछिन सम्झौँ, त्यो सम्भावित परिस्थिति कतिसम्म भागदौडपूर्ण र भयावहपूर्ण होला !

यस्तो परिस्थितिमा सामान्य जनताले कसरी आफ्नो सुरक्षा गर्ने भन्ने सवालमा विश्वस्वास्थ्य संगठन विश्वस्वास्थ्य संगठन ९ध्ज्इ० को आधिकारिक सल्लाह, विभिन्न चिकित्सक तथा आयुर्वेद विधाको अनुभव र प्रचलित घरेलु उपायमा भर पर्नुपर्ने हुन्छ । लोकपथ डटकमले यस आलेखमा सबैजसो उपयोगी सल्लाहलाई सकेसम्म समेटेको छ :

चिकित्सकीय सल्लाह
घरबाहिर निस्कँदा मास्क : सामान्य कपडाको मास्कले हुँदैन, सर्जिकल मास्क वा विशेष तरिकाले बनाईएको मास्क उचित हुन्छ । दारी पालेकाहरूलाई मास्क लगाउन अप्ठ्यारो हुन्छ, तथापि वैकल्पिक उपाय अपनाउनु पर्छ । प्रदूषित वातावरणमा त सल वा मफ्लरले नाक–मुख ढाक्नु पनि नहुनुभन्दा कामचलाउ उपाय पनि बेश हुन्छ ।

भीडभाडयुक्त स्थल वा सार्वजनिक यातायातलाई सकेसम्म पन्छाउने, होटलमा खान नजाने, अन्य व्यक्तिसँग स्वासप्रस्वासबाट प्रभावित (सास जुध्ने स्थिति) बाट बच्नु नितान्त जरुरी छ । संक्रमण फाटफुट रुपमा देखापर्न थालेको अवस्थामा घरबाट बाहिर ननिस्कनु र घरलाई किटाणुनासक औषधीद्वारा सुरक्षित राख्नु जरुरी हुन्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब १५ ग्राम काँचो लसुनसँग २ गिलास पानी पिउने, कागतियुक्त भोजन, प्याजको सेवन, बेलुकी सुत्नुअघि ४–५ वटा तुलसीको हरियो पात, ५ ग्राम बेसार, सानो चम्चाको आधा मेथीदाना, १० ग्राम अदुवा ठूलो एक कप पानीमा उमालेको काडा लिनु फाईदाजनक हुन्छ ।

कोरोना भाईरसलाई ठीक गर्नमा लसुन–पानी उपयोगी सिद्ध भएको अनुभव छ । हेक्का रहोस्, लसुन र प्याज प्राकृतिक प्रतिजैविक (नेचरल एन्टीबायोटिक) हुन् भन्ने प्रमाणित भएको छ । ताजा अमला चुस्ने, कागती–मह पानी (हट लेमन हनी) सेवन लाभदायक हुन्छ । अमला, कागती, सुन्तला जस्ता भिटामिन ‘सी’ प्रचुर पाईने फलको सेवनले रोग प्रतिरोध, आन्तरिक उपचार तथा बिमार छिटो निको हुने क्षमता (हिलिङ् पावर) बढाउँछ ।

विहान बेलुकी तातोपानीको वाफ लिनु फाईदाजनक हुन्छ । वाफ लिँदा जनजिब्रोले ‘भिक्स’ भन्ने बाम  वा ‘सन्चो’ खालका तत्व मिसाउनुले कालान्तरमा फोक्सोलाई असर गर्न सक्छ । त्यसैले वाफ लिन उमालेको पानीमा यस्ता चिज मिसाउनु हुँदैन ।

उपयुक्त खाना : घरमै तयार गरिएको भेजिटेबल सुप, मुङको दाल, खिचडी, परम्परागत नेपाली खाना, भात, रोटी, ग्रीन सलाद आदि स्वस्थकर हुन्छ । लसुन, प्याज, नरिवलको तेलका साथ बनेका खाना, अल्मोन्ड बदाम, ओखर आदि चिजहरू उपयुक्त मानिएको छ ।
असुरक्षित खाना : वुहान (चीन) को समुद्री खाद्य बजार (सि फुड मार्केट) बाट उत्पन्न भएको चिकित्सकीय प्रमाण भएको यस महामारीमा केही खानेकुराहरूमा संयम अपनाउनु उपयुक्त मानिन्छ । आयातित खाद्यपदार्थ पाईने नेपालमा खासगरी राजधानीमा यस्ता असुरक्षित खानाबाट हाललाई टाढै हुनु उचित हुन्छ । जस्तो कि, समुद्री खाना (सि फुड) नखानु नै उचित हुन्छ । बजारमा किनिएका खाद्यपदार्थ मध्ये पोटास–पानीमा डुबाउन मिल्ने (मूला, गाजर, भन्टा, खुर्सानी, कागती जस्ता) सामग्री पोटास पानीमा डुबाएर खाने गरेमा धेरैवटा रोग वा महामारीबाट बच्न सकिन्छ ।

एक चिनिया महिलाले चमेरोको मासुले बनेको (ब्याट मिट) सुप खाएको कुरा सामाजिक सन्जालमा राखेको र उनलाई कोरोना भाईरस लागेको तथ्यले वैज्ञानिकहरूले यस्ता जङ्गली पशुपंक्षीको मासुजन्य खाद्य पदार्थलाई पनि सन्देहको घेरामा राखेर अनुसन्धान गरिरहेका छन् ।
विश्वस्वास्थ्य संगठन WHO को सल्लाह
साबुन–पानीले हात धोईरहने । पाएसम्म अल्कोहलमा आधारित किटाणुरहित गर्ने सामग्री पाईन्छ । त्यसको पनि उपयोग गर्ने । संक्रामक जिवाणु सबभन्दा छिटो हातमा आउने सम्भावना हुन्छ । हात सफा भए यो महामारीको संक्रमित हुने जोखिम कम हुन्छ ।
स्वास–प्रश्वासमा सावधानी : खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाक्नुपर्छ । यसो गर्दा कीटाणु वा जिवाणु फैलिन नियन्त्रित हुन्छ । खोक्ने वा हाच्छ्युँ गर्दा मानव तरलका ससाना कणहरू एक मिटर परसम्म उछिट्टिरहेका हुन्छन्, जसमा भाईरस वा जम्र्स् हुन्छन् । अतः खोक्ने वा हाच्छ्युँ गर्ने मानिसभन्दा कम्तिमा एक मिटर दूरीमा रहनु जरुरी हुन्छ ।
आँखा, नाक र मुखमा हात नलगाउने : हातमा अनेक प्रकारका भाईरस वा ब्याक्टेरिया रहिरहेका हुन्छन्, जो ईन्द्रियहरूबाट छिटो संक्रमित हुनसक्छन् ।

यदि ज्वरो आएको, खोकी र स्वासप्रश्वासमा समस्या वा छिटोछिटो सासफेर्नुपर्ने समस्या छ भने तुरुन्तै उपचारात्मक उपाय अपनाउनु पर्छ । कोरोना संक्रमित वा आक्रान्त क्षेत्रबाट आएको वा त्यस्ता क्षेत्रमा जानुछ भने आफ्नो उपचारक (डाक्टर वा स्वास्थ्यकर्मी) लाई बताउनु पर्छ । यदि यस्तो आवतजावत भएको छैन तर ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या वा रुघा लागेको छ भने घर बाहिर निस्कनु उचित हुँदैन ।

पशुपंक्षी वा माछा–मासु बजार वा अस्पताल जाँदा मास्क आदिको प्रयोग तथा उच्च सरसफाई अपनाउने : जनाबर वा माछामासु हातले छुँदा वा समाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्छ ।

चीनजस्तो मुलुकलाई समेत यो महामारीले आच्छुआच्छु पारिरहेको छ भने कोरियालाई चिन्तित बनाउन थालेको छ । नेपालमा एकदुई जनालाई फैलिएको अवस्थामा यो महामारीले कति विकराल रुप लेला भन्ने अनुमान गरेर पनि प्रत्येक व्यक्तिले यसविरुद्धको प्रतिरोधको क्षमता बनाउनु पर्ने जरुरी छ, यसको लागि ।

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)

नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्

बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै

आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)

चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय

कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु

चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा

चीनबाट ३२३ जना भारतीयको उद्धार

कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे

अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान

कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप

कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’

मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा

कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु

जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

कोरोना नियन्त्रणका लागि रोबर्ट !

सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस

भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने

कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !

कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)

कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा

कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा

कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही

कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन

चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?

कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’

९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन

कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ

कोरोनाको डरले माक्स लगाएरै विवाह !

चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी

कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु

कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १

कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो

कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल

कुन देशमा कति छन् कोरोनाका संक्रमित ?

जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण

१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण

कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’

कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै

कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘

भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो

कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय

कोरोनाका कारण बन्द भयो सर्पको बजार !

कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?