कोरोना संक्रमितमा अध्ययन : ५ जनाको घाँटीमा गाँठोजस्तो देखिएको थियो, ४ करोड मानिसको मृत्यु हुनसक्ने अनुमान !

काठमाडौं – चीनबाट सुरु भएको कोरोना भाइरसको आतंक झनै भयावह बन्दै गएको छ । अब यो रोग एशिया बाहिर पनि फैलिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण एकजना चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएपछि यो रोग अब एशियामा मात्रै रहेन ।

कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना पनि हो । मृतक चीनको हुबे प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्रालयले जनाएको छ । उनी १६ ज्यानुअरीमा फ्रान्स आइपुगेको र २५ ज्यानुअरीका दिनदेखि क्वारेन्टाईनमा राखिएको थियो ।

चीनमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६६ हजार भन्दा बढि पुगेको छ । फ्रान्सले यसअघि आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमित ११ जना रहेको बताएको थियो ।

 

चीनबाहिर भाइरसको सङ्क्रमणका कारण तीनजनाको मृत्यु भएको थियो । हङकङ फिलिपिन्स र जापानमा एक एक जना सङ्क्रमितको मृत्यु भएको थियो ।

चीन चुस्न, नेपाल मस्त ?
१० दिनमा एक हजार शैयाको अस्पताल निर्माण गरेर होस् या त हजारौं जनशक्तिलाई चुस्त दुरुस्त रुपमा परिचालन गरेर चीनले आफ्नो कार्यकुशलता र प्रतिरक्षात्मक प्रवृत्तिको पहिचान विश्वसामू दिएको छ । भलै यो रोगको औषधी पत्ता लागिसकेको छैन । तर उसले दिनरात नभनी यसबारे खोजी गरिरहेको छ ।

रातभर नसुती औषधी खोज्दै

महामारीबाट देशलाई जोगाउन दिनरात नभनी लागिपरेको चीनलाई विश्वले प्रशंसा गरिरहेको छ, यतिवेला ।

यो पनि पढ्नुहोस् : कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !

डब्लुएचओको साथ
त्यही ठाउँमा नेपालले चीनमा भएका आफ्ना जनताप्रति देखाएको असंवेदनशीलता भने घोर निन्दनीय छ । कोरोना भाइरसको प्रकोप फैलिएको करिब २ महिना लामो हारगुहारपछि बल्लतल्ल सरकारले आफ्ना नागरिकलाई आईतबार राति नेपाल ल्याएको छ । अझै १० जना नागरिक त्यहीँ क्षेत्रमा रोकिएका छन् । ६ जनामा ज्वरो देखिएको तथा ४ जना तिनका आफन्त त्यहाँ रोकिएका हुन् । । इरान, भारत, माल्दिभ्स लगायत राष्ट्रले चाहिँ यो रोग आक्रमक रुपमा फैलिएपछि आफ्ना जनताहरुलाई वुहानबाट फिर्ता लगिसकेका छन् ।

यो पनि पढ्नुहोस् : भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो

 

विशेषतः वुहान शहर जहाँ कोरोना भाइरसको उत्पति भयो त्यहाँ भएका नेपालीहरुको जीवन अत्यन्त कष्टकर बनेको थियो। नेपाली सञ्चारमाध्यममा उनीहरु लाईभ आएर आफ्ना दुख सुनाएका थिए । बेइजिङस्थित नेपाली दूतावासमा करिब १ सय ९० जना नेपाली विद्यार्थीले घरफिर्तीका लागि नाम टिपाएकोमा आईतबार बिहान १ सय ७५ जना नेपाल ओर्लेका छन् । घरफिर्तीको निर्णय भएर सूचना दिएपछि पनि नेपाल वायुसेवाले भारत, बंगालादेश, म्यानमारसहितका मुलुकबाट ‘ओभरफ्लाइङ’ अनुमति लिनुपर्ने, उद्धार गरिएका नेपालीहरुलाई देश ल्याइसकेपछि कहाँ राख्ने भन्ने विषयमा टुङ्गो नलागेको आदिजस्ता प्रक्रियागत कुरामा चुकेको सरकारले ढिलो गरी नागरिकको उद्दार गरेको हो । यद्यपी ढिलै भएतापनि नेपाल सरकारको यो कदमको अहिले नेपालीले प्रंशसा गर्दै धन्यवाद् दिएका छन् ।

चीनमा भएका नेपाली विद्यार्थीहरुका अभिभावक बारबार सरकारको ढोका ढकढकाउन पुगेपछि बल्ल शनिवार दिउँसो नेपाल एयर लाइन्सको विमान नेपालीहरुको उद्धार गर्नका निमित्त चीन गएको सबैलाई थाहा छ । जहाजमा तीनजना चालकसहित नौ जनाको टोली र चारजना स्वास्थ्यकर्मीहरु थिए । उनीहरुको फिर्तीपछि पनि सुरक्षित ठाउँमा राखिएको छ । उद्दार गरिएका नागरिकलाई खरिपाटीमा राखिएको छ ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमै कोरोना जाँच गरी प्रहरीको स्कर्टिङमा खरिपाटी लगीएको हो ।

यहाँनिर चुक्यो नेपाल सरकार
कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनका मुख्य भूभागबाट जाने यात्रुहरुलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अझै केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाउन सकिने घोषणा गरेका छन् ।

त्यस्तै, अमेरिकामा पनि चीनबाट जाने यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ । अरु देशहरुले पनि विमानस्थलमा निकै कडाई र निगरानी बढाएका छन् । तर नेपाल सरकारको स्क्यानर बिग्रेको छ ।

अन्य देशहरुले विमानस्थलको चेकजाँचमा कडाइ देखि आफ्नो देशमा चिनियाँलाई प्रवेश निषेध गरिरहेका वेला नेपालका विमानस्थलमा चिनियाँहरु निर्वाद आइरहेका छन् । घुमिरहेका छन् । चीनबाट आएका कतिपय नेपालीहरुले आफ्नो विशेष चेकजाँच नभएको, चिनियाँहरुको पनि अन्य सामान्य व्यक्तिसरह जाँच गरिएको लगायतका विमानस्थलका अनुभवहरु पनि सुनाएका छन् । त्यतिमात्रै होईन विमानस्थलमा अन्य देशका यात्रुले समेत नेपालमा स्वास्थ्यजस्तो गम्भिर मामिलामा सचेत हुन विलम्ब गरेको टिप्पणी गरिरहेका छन् । कतिपय बुद्धिजीवीले सामाजिक सञ्जालमा यी यस्ता सन्र्दभहरु उठाएका छन् ।

चीनबाट आउनेहरुको चेकजाँच गर्नकै निमित्त स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा समेत ल्याएको थियो ।

यद्यपि, कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो ।

भ्रमण वर्षलाई असर
सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाएर गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपालका लागि छिमेकी राष्ट्रमा महामारी फैलिनु चुनौतीपूर्ण सावित भएको छ ।

विमानस्थलमा चीनबाट आउने पर्यटकहरुको कडा चेकजाँच नहुनुले अन्य देशबाट आउने पर्यटकलाई असुरक्षित महसुस गराउन सक्छ । किनकी अहिले मानिसले हाच्छ्यु गर्दासमेत त्रासपूर्ण नजरले हेर्ने गर्छन् ।
फेरि, कोरोना भाइरसका कारण २० दिनदेखि रसुवा नाका ठप्प छ । रसुवागढी नाकाबाट मात्रै मासिक २ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने गर्थे ।
सन् २०१९ को जनवरी भन्दा यस वर्षको जनवरीमा १० प्रतिशतले पर्यटक सङ्ख्या घटेको तथ्याङ्कले पनि बताउँछ ।

२ महिनामा २७ देशमा फैलिएको महामारी
सन् २०१९ को डिसेम्बर ८ मा वुहानमा कोरोना भाइरसको लक्षण भएको पहिलो बिरामी भेटिएतापनि भाइरसको संक्रमण पहिलोपटक डिसेम्बर ३१ मा मात्रै विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरियो । वुहानको एउटा ‘सी फुड मार्केट’बाट शुरु भएको यो महामारीको संक्रमण अहिले २७ वटा देशमा भेटिइसकेको छ । फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, जापान, हङकङ, अमेरिका, फ्रान्स, रुस, साइबेरिया आदिजस्ता देशहरुमा यसको संक्रमण देखिएको छ । चीनका अतिरिक्त कुनकुन देशमा कतिजनामा यसको संक्रमण देखिएको छ भनेर तल दिइएको छ
सिंगापुर ५०

हङकङ ५०

थाइल्याण्ड ३३

दक्षिण कोरिया २८

जापान २८

मलेशिया १८

ताइवान १८

जर्मनी १६

भियतनाम १६

अष्ट्रेलिया १५

अमेरिका १४

फ्रान्स ११

मकाउ १०

ब्रिटेन ९

युएई ८

क्यानडा ७

इटली ३

फिलिपिन्स ३

भारत ५

रुस २

स्पेन २

अहिले सम्म नेपाल, कम्बोडिया, बेल्जियम, फिनल्याण्ड, स्वीडेन र श्रीलंकामा १, १ जना संक्रमित पाइएको छ ।

तत्काल रोकथाम नभए विश्वका साढे ४ करोड मानिसको मृत्यु हुनसक्ने

हङकङका पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर गेब्रियल लेउका अनुसार कोरोना भाइरसको तत्कालै रोकथाम नभए विश्वभरिबाट साढे ४ करोड मानिसको मृत्यु हुनसक्छ । यस भाइरसबाट हुने मृत्युदर १ प्रतिशतमा घट्दा पनि यति ठूलो मानवीय क्षति हुने उनले बताएका छन् ।
के हो कोरोना भाइरस रु
जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ स् गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ ९यसको म्युटेसन हुन्छ० र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु९याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कसरी हुन्छ संक्रमण ? 
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ स्

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षण स्
ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने ? 
नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको भएपनि चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् ।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

कोरोना संक्रमणपछि भएका अनौठा घटना

संक्रमित आमाबाट जन्मिएकी बच्ची सुरक्षित

कोरोना भाइरस संक्रमित एक महिलाले कोरोनाबाट सुरक्षित नवजात शिशुलाई जन्म दिएकी छन् । गएको हप्ता जन्मिएको ३० घण्टापछि एक बच्चालाई कोरोनाको संक्रमण देखिएको थियो ।

तर चीनको झोजियांगमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले सुरक्षित शिशुलाई जन्म दिएकी हुन् । सुरक्षित शिशुलाई जन्म दिएपछि अहिले सामाजिक सञ्जालमा खुशी छाएको छ ।

मानिसहरुले उनलार्ई भाग्यमानी बच्चा भनेर बोलाइरहेका छन् ।

यो पनि पढ्नुहोस् : कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’

कोरोनाको प्र्यान्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल !

रुसमा एक प्र्यान्कस्टरलाई कारोना भाइरको बारेमा गरेको प्य्राङ्कका कारण सार्वजनिक स्थानमा मानिसलाई दुख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय हुन सक्नेछ । प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।

युवकले रेलमा गरेको प्य्राङ्क सामाजिक सञ्जालमा भाइरल भएको हो । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटबाट सार्वजनिक भएको थियो । तर अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।

चीनमा कोरोना संक्रमितसँग नजिकी सम्पर्कमा आएको थाहा दिने एप बन्यो
चीनले कोरोनाको संक्रमितसँग नजिक भएको अवस्थामा वा संक्रमण हुने जोखिम देखिए तत्कालै यसबारे हामीलाई सूचित गराउने मोबाइल एप बनाएको बिबिसीले जनाएको छ ।

यो पनि पढ्नुहोस् : कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल !

कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या
कोरोना संक्रमित भएको आशंकामा एक भारतीय नागरिकले आत्महत्या गरेका छन् ।

भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लास्थित थोट्टमबेडु गाउँका बालाकृष्णैयाले कोरोना लागेको भन्दै आत्महत्या गरेका छन् ।

आफ्नो गाउँ तथा परिवारलाई कोरोनाबाट बचाउँनका लागि भन्दै अरुलाई नसरोस् भन्ने मनशायले आत्महत्या गरेका छन् । मृतकको परिवारका अनुसार बालाकृष्णैया ५४ वर्षका थिए ।

उनी रुइया सरकारी अस्पतालमा परिक्षणका लागि गएका थिए । अस्पतालमा परिक्षणका क्रममा उनलाई युरिनिटी ट्र्याक्ट इन्फेक्सन भएको र डाक्टरले उनलाई कोरोना लागेको बताएकापछि उनले आत्महत्या गरेका थिए ।

उनका छोराका अनुसार परिवारले उनलाई धेरै सम्झाएपनि उनले परिवार र गाउँवासीलाई नसरोस् भनेर आत्महत्या गरेको बताए ।

यो पनि पढ्नुहोस् : कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

कोरोनाबाट छुटकारा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै
चीनमा कोरोना भाइरस संक्रमितहरुले आफूलाई फिट र शक्तिशाली राख्नको लागि विभिन्न तरिकाहरु अपनाइरहेका छन् ।

अस्पतालमा फरक फरक युनिट्मा विभाजित ग्रुपहरुले फिट तथा पोजेटिभ रहनको लागि डान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा डाक्टर तथा बिरामीहरु चीनको पारम्परिक उइगुर नृत्य गर्दै गरेको देख्न सकिन्छ ।

कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘
कोरोना भाइरसको महामारी पछि चीन सरकारले त्यसको समाधानको लागि भन्दै सर्वसाधारणहरुमा आक्रामक व्यवहार देखाउन थालेको छ ।
हालैमात्र चीनको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरकारी अधिकारीहरुले मानिसहरुको घरमा छिरेर कोरोना संक्रमणको शंका गर्दै तानेर अस्पताल पठाएका छन् ।

यो पनि पढ्नुहोस् : कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)

मानिसहरु जान नमान्दा नमान्दै पनि उनीहरुले धकेलेर अस्पताल लिएर गएको भिडियोमा देखिएको छ । कोरोनाको संक्रमणपछि चीनले ३० शहरका मानिसहरुमा क्रुरताका साथ यस्तो व्यवहार देखाएको हो ।

कहाँबाट, कसरी फैलियो महामारी ?
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कोरोना भाइरसको महामारी अहिले विश्वकै चासोको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनले दिनहुँजसो विज्ञप्ती निकालेर यसबारे सजग गराइरहेको छ ।
कोरोना भाइरसले तपाईको शरीरमा कसरी हमला गर्छ रु हमला गरिसकेपछि मानव शरीरमा कस्तो प्रकारको लक्षण देखापर्छ रु कस्ता मानिसहरुमा यसको असर बढी रहने वा मृत्युको सम्भावना बढी देखिन्छ रु र, यसको उपचार कसरी गर्ने

कोरोना भाइरसको उपचारमा जुटेको चीनको युहान शहरमा अवस्थित जिन्यिन्तान अस्पतालका चिकित्सकहरुले आजभोलि यी प्रश्नहरुको जवाफ दिन शुरु गरिसकेका छन् ।

कोरोना भाइरसबाट संक्रमित पहिलो ९९ जनाको उपचारको विस्तृत विवरण लांसेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ । फोक्सोमा हमला
शुरुवातमा युहानको जिन्यिन्तान अस्पतालमा उपचारका लागि जुन ९९ जनालाई ल्याइयो उनीहरुमा निमोनियाको लक्षण देखिएको थियो । ती व्यक्तिहरुको फोक्सो दुख्ने साथै फोक्सोको त्यो भाग जहाँबाट अक्सिजन रगतमा मिसिन्छ त्यहाँ पानी भरिएको पाइयो ।

अन्य लक्षणहरु‘
८२ जनालाई ज्वरो आएको थियो

८१ जनालाई खोकी लागेको

३१ जनालाई सास फेर्न समस्या

११ जनाको मांशपेसीमा दुखाइ

९ जना भ्रममा थिए

८ जनालाई टाउको दुख्ने

५ जनाको गलामा गाँठोजस्तो देखिएको मृत्युको शुरुवात‘

कोरोना भाइरसबाट संक्रमित जो दुईजनाको सबैभन्दा पहिला मृत्यु भएको थियो, उनीहरु स्वस्थ्य देखिन्थे । उनीहरुलाई लामो समयदेखि चुरोटको लत थियो र हुनसक्छ यहीकारणले उनीहरुको फोक्सो कमजोर भइसकेको थियो ।

६१ सालका जुन वृद्धलाई अस्पताल ल्याइएको थियो उनी निमोनियाको लक्षणबाट नराम्रोसँग ग्रस्त थिए । उनलाई सास फेर्न अत्यन्तै गाह्रो भइरहेको थियो र उनको फोक्सोले शरीरलाई आवश्यक पर्ने अक्सिजन ‘सप्लाइ’ गर्न सकिरहेको थिएन । भेन्टिलेटरमा राख्दासमेत उनको फोक्सोले काम गर्न सकेन र मुटु पनि निष्क्रिय भइदियो ।

अर्को बिरामी ६९ वर्षका थिए र उनलाई पनि सास फेर्न गाह्रो भइरहेको अवस्था थियो । उनलाई कृत्रिम तरिकाबाट सास फेराउन प्रयास गरियो तर, त्यो प्रयास विफल भयो । निमोनियाले तब उनको ज्यान लियो जब उनको ब्लड प्रेसर एकदमै कम भएको थियो ।

सबैजना जोडिएका थिए त्यही एउटा मार्केटसँग‘
युहानको हुआनान सीफुड मार्केटमा९समुद्री खाना बजार० फेला परेका समुद्री प्राणीहरु कोरोना भाइरस संक्रमणको कारण भएको विश्वास गरिएको छ । युहानको जिन्यिन्तान अस्पतालमा ल्याइएका ९९ जनामध्ये ४९ जना यस सीफुड मार्केटसँग जोडिएका थिए ।
४७ जना त्यस बजारमा कि म्यानेजरका रुपमा कार्यरत थिए या त्यहीँ पसल सञ्चालन गर्थे ।
संक्रमितहरुमा केवल दुईजना मात्र त्यहाँका ग्राहक थिए । अधवैंशे धेरै‘
९९ जना संक्रमितमा प्राय अधवैंशे उमेरका धेरै थिए । त्यसमा ६७ जना पुरुष थिए र उनीहरुको औसत उमेर ५६ थियो ।

हालै यो कुरा पनि पत्ता लागेको छ कि कोरोना भाइरसबाट संक्रमित महिला र पुरुषमा खासै अन्तर छैन । चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार ६ जना पुरुषको तुलनामा ५ महिलालाई यो संक्रमणको पहिचान गरिएको छ ।

पुरुषहरु कोरोना संक्रमणको कारण गम्भीर बिरामी हुन सक्ने र अस्पतालमा भर्ना हुन आवश्यक पर्ने विश्वास गरिन्छ । सामाजिक र सांस्कृतिक कारणले गर्दा, भाइरस संक्रमणको जोखिम पुरुषहरुमा बढी हुन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिम महिलामा कम छ किनभने एक्स क्रोमोजोम र सेक्स हर्मोनका कारण उनीहरुसँग अधिक रोग प्रतिरोधात्मक क्षमता हुन्छ,’ जिन्यिन्तान अस्पतालका चिकित्सक ली झांग भन्छन् ।

जो पहिलैदेखि बिरामी थिए‘
९९ जना संक्रमितहरुमा धेरैजसो पहिल्यैदेखि कुनै न कुनै रोगबाट संक्रमित भएकोले गर्दा उनीहरुमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी थियो ।
चिकित्सकहरु यसलाई कमजोर प्रतिरक्षाको परिणामको रुपमा वर्णन गर्छन् ।

४० जना बिरामीहरुमा मुटु कमजोर वा नसाको समस्या थियो । र, १२ जनालाई मधुमेहको समस्या थियो ।

यसअघि कहाँकहाँ फैलिएको थियो कोरोना भाइरस को महामारी ? 

सन् २००२ मा कोरोना भाइरसले फैलाएको महामारीकै कारण चीनमा ७ सय ७४ जनाको ज्यान गएको थियो ।

‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम’ (सार्स) नामक श्वासप्रश्वासको रोगका कारण यतिका व्यक्तिले ज्यान गुमाएका थिए । सार्स पनि कोरोना भाइरसकै कारण लाग्ने रोग हो ।

त्यस्तै सन् २०१२ मा साउदी अरेयिबा बाट शुरु भएको ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम’ नामक महामारीले साउदी सँगसँगै मध्यपूर्वी अफ्रिका, एसिया र यूरोपका देशहरुमा ८ सय ५८ जना व्यक्तिको ज्यान लिएको थियो ।

सन् २०१५ मा कोरियामा पनि सोही महामारीको प्रकोप देखियो । त्यसपश्चात् भने यसको महामारी देखिएको थिएन ।

तर, यही वर्ष जनवरीको शुरुवातमा विश्व स्वास्थ्य सङ्गठनले ‘२०१९ नोबेल कोरोना भाइरस’ नामक नयाँ कोरोना भाइरसको बारेमा पत्ता लगाएको छ । उक्त भाइरसको महामारीमा ८० जनाले ज्यान गुमाइसकेका छन् ।

फैलदो कोरोना भाइरसका कारण चीनमा एक हजार हाराहारीका जोडीको विहे अवरुद्ध बनेको छ । चीनको उहानस्थित जुन्यी सहरमा ती बिहेहरु अवरुद्ध बनेका हुन् । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरकै कारण गोन्जाउ प्रान्त सरकारले बिहे रोक्न भनेको समाचारमा जनाइएको छ । यसरी बिहे रोक्नेमा लिउ साओ पनि रहेकी छिन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने खतरनाक कोरोना भाइरसको त्रासकै बीच आफू बिहे नगर्ने निधोमा नपुगेको उनले बताइन् ।

घटे पर्यटक
चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वभरी त्रास छाएको छ । सरिहाल्ने हो कि भन्ने पिरले आम मानिस त्रसित छन् । कोरोना भाइरसले गर्दा चीन मात्रै होइन, विश्वभरीकै पर्यटन र अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ । चीनको अर्थतन्त्र नै अस्तव्यस्त बनाइदिएको छ । कोरोनाले चीन मात्रै होइन, नेपालको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदैछ । तर सन् २०२० को सुरुकै हप्तामा चीनबाट सुरु भएको कोरोनाको संक्रमणले नेपालमा पर्यटक आवागमन निकै प्रभावित भएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुरक्षित छ भन्ने आभाष दिउन सकेन सरकारले
नेपालमा अहिलेसम्म जम्मा एक जनामा कोरोना भाइरस देखिएकोमा ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । शंका गरिएका ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । सरकारका हरेक निकाय र निजी क्षेत्रबीच दरिलो समन्वय अभाव छ ।
गएको वर्ष अर्थात सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएकोमा चीनबाट मात्रै नेपालमा १ लाख ६९ हजार पर्यटक आएका थिए ।

जुन कुल पर्यटनको १४ दशमलव ११ प्रतिशत हो ।

सरकारले वैकल्पिक गन्तव्यबाट पर्यटक ल्याउनको लागि टिकट शुल्कमा छुट दिनेदेखि भिसा छुट दिनेसम्मका अफर ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।

कहाँ कहाँ चुक्यो सरकार ? 
उचित समन्वयको अभाव
एअरपोर्टमा मेशिनको अभाव
एअरपोर्ट र सिंगो नेपाल सुरक्षित छ भन्ने आभाष दिलाउने
नागरिकलाई सचेतना र्याली गराउने
जनताको नाममा संम्बोधन गर्ने
जनतालाई यो रोगबाट बच्न विभिन्न सूचना जारी गर्ने
सरकारको आधिकारीक पेज, सामाजिक सञ्जाल, सरकारी सञ्चारमाध्यम
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दीर्घरोगीहरुलाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन स्वयम्सेवक खटाउने
पर्यटकको सेवा सुविधामा ध्यान दिने ।

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्

बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै

आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)

चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय

कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु

चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा

चीनबाट ३२३ जना भारतीयको उद्धार

कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे

अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान

कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप

कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’

मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा

कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु

जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

कोरोना नियन्त्रणका लागि रोबर्ट !

सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस

भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प

चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त

कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने

कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !

कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)

कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा

कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा

कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही

कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन

चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?

कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’

९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन

कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ

कोरोनाको डरले माक्स लगाएरै विवाह !

चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी

कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु

कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १

कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो

कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल

कुन देशमा कति छन् कोरोनाका संक्रमित ?

जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण

१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण

कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’

कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै

कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘

भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो

कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय

कोरोनाका कारण बन्द भयो सर्पको बजार !

कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?