भारतले औषधिको निर्यात रोकेपनि सरोकारवाला भन्छन् – डराउनुपर्दैन, नेपालसँग कति छ स्टक औषधि ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भएका वेला भारतले केही औषधि निर्यातमा रोक लगाएको छ । कोरोनाको सम्भावित असरलाई मध्यनजर गर्दै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले औषधि निर्यात रोकेको हो ।

रोक लगाइएका औषधिमा पारासिटामोल लगायत टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी १, भिटामिन बी६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एजिथ्रोमाइसिन साल्ट, नियोमाइसिन, क्लिन्डामाइसिन साल्ट, ओर्निडाजोल लगायत २६ प्रकारका औषधि रहेका छन् ।

औषधि निर्यातमा परिणामको हिसाबले विश्वमै तेस्रो ठूलो निर्यातकर्ता देश हो भारत । यस्तो अवस्थामा भारतले औषधि निर्यातमा नियन्त्रण गर्नाले विश्वमै औषधिको अभाव हुने सम्भावना देखिएको छ ।

अझ नेपालको कुरा गर्ने हो भने अन्य उत्पादनजस्तै औषधि उत्पादनमा पनि भारतसँगै प्रत्यक्ष, अप्रत्यक्ष रुपले निर्भर छ नेपाल । नेपाल आयात हुने प्राय सबै औषधि भारतमै उत्पादित हुन्छन् ।

भारतले औषधि निर्यातमा रोक लगाएको खबर बाहिरिएसँगै बजारमा औषधि अभाव हुने, औषधिको काला बजारी बढ्ने आदिजस्ता शंका उपशंका उब्जिरहँदा नेपाल फार्मासिउटिकल्स एसोसिएसनका अध्यक्ष शशीकान्त चौधरी भन्छन्, ‘नेपालले अहिले नै आत्तिनुपर्ने अवस्था छैन ।’

नेपालसँग अझै ३ देखि ६ महिनासम्म पुग्ने औषधिहरु स्टकमा रहेकाले अहिले नै औषधिको हाहाकार हुने अवस्था नभएको उनको दाबी छ ।

तस्वीर : गुगल

कच्चा पदार्थमा भारतसँग निर्भर नेपाल….

अहिले नेपालमा औषधि उत्पादन गर्ने ६० वटा कम्पनी छन् जसले यहाँ प्रयोग हुने कूल औषधिको ४५ प्रतिशत औषधिहरु उत्पादन गरिरहेको बताउँछन् चौधरी । उनका अनुसार बाँकी ५५ प्रतिशत औषधि विदेशबाट आयात हुन्छन् जसमा एक,दुर्ई प्रतिशत बाहेक अधिकांश औषधिहरु भारतबाटै आयात हुन्छन् । यस अनुसार नेपालमा प्रयोग गरिने आधि औषधिको स्रोत भारत हो ।

‘औषधिमा भन्दा औषधि बनाउने कच्चा पदार्थमा झनै भारतसँग निर्भर छ नेपाल,’ अध्यक्ष चौधरी भन्छन् ।

नेपालमै कच्चा पदार्थको उत्पादनको सम्भाव्यताका विषयमा उनी भन्छन्, ‘उत्पादन गर्न नसकिने होइन तर, नेपालको मार्केटका लागि मात्र कच्चा पदार्थ उत्पादन गरेर सस्टेन हुन(टिक्न) गाह्रो छ ।’ लागत बढी तर, माग कम हुने भएकाले जबसम्म नेपालबाट अरु देशमा औषधि निर्यात गर्ने वातावरण बन्दैन तबसम्म कच्चा पदार्थ उत्पादन गरेर फाइदै नहुने चौधरीको भनाइ छ ।

भारतको निर्णयले विश्वमा पार्ने प्रभाव

परिमाणको आधारमा औषधि निर्यात गर्ने विश्वकै तेस्रो ठूलो निर्यातकर्ता देश हो भारत । अन्तर्राष्ट्रिय संस्थाहरुको अनुसन्धानले देखाएअनुसार विश्वमा भारतबाट मात्रै कूल खपतको २० प्रतिशत औषधि निर्यात हुने गरेको छ ।

यस्तो अवस्थामा भारतले औषधि निर्यात नगर्दा धेरथोर प्रभाव विश्वलाई नै पर्ने बताउँछन् नेपाल फार्मासिउटिकल्स एसोसिएसनका महासचिव ललितमोहन पन्त ।
‘चीन पनि विश्वमै सबैभन्दा बढी औषधि निर्यात गर्ने मुलुक हो, भारत आफै चीनबाट कच्चा पदार्थ आयात गर्छ,’ कोरोना भाइरसको महामारीले समग्र औषधि आयात तथा निर्यातमै असर पारेको बताउँदै उनी भन्छन्, ‘तर, महामारी नियन्त्रणमा आउनासाथ सबैथोक सन्तुलनमा आउँछ ।’

तस्वीर : गुगल

भारतको निर्णयले नेपालमा पर्ने प्रभाव

भारतले वेलावेलामा लागू गर्ने प्रतिबन्धहरुले नेपाललाई सधैं पिरोलेकै छ । चाहे त्यो नाकाबन्दी गरेर होस् या पाम तेलको निर्यातमा रोक लगाएर ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको विश्लेषण गर्ने हो भने ‘ट्रेड डेफिसिट’ अर्थात् व्यापार घाटा ६.२ प्रतिशतले घटेको छ र आयातमा ४.३ प्रतिशतले कमी आएको छ । यता निर्यात भने २७ प्रतिशतले वृद्धि भएको छ । यसमा पाम आयल निर्यातले ठूलो भूमिका निर्वाह गरेको थियो ।

चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्ममा भारतमा करिब ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको पाम आयलको निर्यात भएको थियो । तर, भारतले लगाएको प्रतिबन्धले ३० अर्ब बराबरको नेपाली व्यापार प्रभावित भएको तथ्यांकले देखाएको छ ।

यस्तै विवादित व्यापारिक इतिहासले गर्दा भारतले नेपालमाथि लगाउने प्रतिबन्धहरु अक्सर आलोचित बन्छन् ।

औषधि नियन्त्रण गर्ने यस निर्णयले पनि केही समय नेपाललाई प्रभाव नपारे पनि लामो समयसम्म यथावत् रहे औषधि उत्पादन नै रोकिने बताउँछन् महासचिव पन्त । ‘३,४ महिनासम्म नेपाललाई पुग्ने औषधि छन् कम्पनीहरुसँग तर, त्यसपछि पनि यो प्रतिबन्ध फुकाइएन भने चाहिँ समस्या आउनसक्छ,’ उनी भन्छन् ।
चीनको आर्थिक अवस्थामा संकट आउनुले नेपालको व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको त छँदैछ । साथै कोरोना भाइरससँग जुधिरहेको चीनको व्यापार तथा उत्पादनमा ह्रास आएपछि अप्रत्यक्ष रुपमा पनि नेपाल प्रभावित छ ।

‘कसरी ?’, लोकपथले जिज्ञासा राख्यो ।

‘किनकी औषधि उत्पादनका निमित्त आवश्यक ८० प्रतिशत कच्चा पदार्थका लागि भारत चीनमा निर्भर छ अनि नेपाल चाहिँ भारतमा निर्भर छ,’ उनी प्रष्ट्याउँछन् ।
खासमा यही कारणले पनि भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने निर्णय लिएको हुनसक्ने उनको बुझाइ छ ।

‘कोरोना भाइरसको इपिसेन्टर भनिएको वुहान शहर लगायत चीनका केही कोरोना प्रभावित ठाउँहरु औषधि उत्पादन गर्ने मूख्य स्थानमा पर्छन् त्यसैले चीनबाट भारत आयात हुने कच्चा पदार्थ लगभग ठप्पै छ जसकारण भारतले अरु देशमा औषधि निर्यात नगर्ने निर्णय लिएको होला ।’

कोरोनाका कारण चीनसँग भएको सम्झौता पनि प्रभावित

नेपालले आफ्नो उत्तरी छिमेकी चीनसँग हालै ट्रान्जिट एण्ड ट्रान्स्पोर्ट सम्झौता गरेको थियो । यस सम्झौताले चीनसँग मात्र नभएर अन्य देशहरुसँग पनि नेपालको व्यापारिक सम्बन्ध विस्तार गर्ने आशा पलाएको थियो किनकी सम्झौता अनुरुप नेपालले चीनका ४ वटा समुद्री बन्दरगाह र ३ वटा जमिन बन्दरगाह प्रयोग गर्न पाउने प्रावधान थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि झनै नेपाल चीनबीच व्यापारिक सम्बन्ध स्थापित हुन्छ भन्ने कुरामा ढुक्क थियो सरकार ।

तर, कोरोना भाइरसको महामारीले यस आशामा तगारो हाल्ने काम गरेको छ ।

औषधिको मूल्य बढ्ने साथै कालोबजारी बढ्न सक्ने…

भारतले नाकाबन्दी गर्दा सिलिन्डर ग्यास तथा पेट्रोलको अभाव हुनु र पाइएपनि दोब्बर,तेब्बर मूल्य पर्नु, प्याजको मूल्य बढेसँगै बजारमा प्याज नै नपाइनु आदिले प्रष्ट्याउँछ कि आपतविपतको वेला नेपाली बजारमा विभिन्न सामानहरुको हाहाकार मच्चिन्छ र त्यसैलाई अवसर मान्दै व्यापारीहरुले अत्याधिक नाफाको खेती गर्छन् ।

तस्वीर : गुगल

कोरोना भाइरसको संक्रमण फैलिएपछि भने बजारमा मास्कको अभाव हुन थालेको छ । कहीँ पाइहाले दोब्बर,तेब्बर मूल्य हालेर किन्नुपर्ने अवस्था छ । यस्तो भइरहँदा औषधिको मूल्य बढ्दैन वा जथाभावी मूल्य निर्धारण गरिँदैन भन्न मुश्किल नै छ ।

फेरि नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव समेत राखिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले संघले विभागलाई नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने भन्दै पत्र पठाएको हो ।

भारतमा औषधिजन्य कच्चा पदार्थको मूल्य ७० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादकले अधिकांश औषधिजन्य कच्चा पदार्थ भारतबाट ल्याउने भएकाले त्यहाँ हुने मूल्य उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पारेको छ ।

तर, औषधिमा मास्क वा सिलिन्डर जस्तो जथाभावी शुल्क राख्न नमिल्ने बताउँछन् अध्यक्ष चौधरी । ‘औषधि व्यवस्था विभागले तोकेको भन्दा बढी शुल्क लिन पाइँदैन र मिल्दैन पनि किनकी औषधिमै त्यसको मूल्य प्रिन्ट गरिएको हुन्छ,’ उनले भने, ‘पसलमा वा मेडिकलमा ठग्न त खोज्लान् तर, उपभोक्ता सतर्क हुने हो भने औषधिमा जथाभावी शुल्क लिन चाहिँ गाह्रै छ ।’

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

कोरोना भाइरस अपडेट : ३ हजार २ सय ८६ जनाको मृत्यु, ९५ हजार बढीमा सङ्क्रमण

कोरोनाको प्रभाव ठमेलमा, सुनसान छ ठमेल बजार (फोटोफिचर )
कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)
कोरोना भाइरसका कारण ईपीएल स्थगित
कोरोनाको त्रासदीकाबीच कालोबजारी गर्नेहरु होसीयार ! तरुण दललाई निर्देशन दिँदै कांग्रेसको यस्तो चेतावनी
राखेपद्वारा सबै खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी

पत्ता लागेकै हो कोरोना भाइरसको खोप ? चीनले गर्‍यो यस्तो दावी !

कोरोना फैलिन नदिन वैज्ञानिकहरुले गरे नयाँ टेक्नोलोजीको आविष्कार

कोरोनाको संक्रमण जटिल भएपछि इटलीले देशभरका विद्यालय बन्द गर्यो

कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा

कोरोना प्रभावित देशलाई हुने भयो राहत, विश्व बैंकले छुट्यायो १३ खर्ब रुपैयाँ

कोरोनाबाट सचेत रहन आग्रह

भारतद्वारा औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा, विश्वभर औषधिको अभाव हुने भय

कोरोना सङ्क्रमण फैलिने डरले ५४ हजार बढी कैदीलाई रिहा

कोरोनाको डरले चीनबाट चेन्नई आएको बिरालोलाई स्वदेश पठाउने तयारी

म होलीमा सहभागि हुन्न भन्दै मोदीले गरे यस्तो ट्वीट !

कोरोनाको डरले श्रीमानले श्रीमतीलाई बाथरुममा थुनेपछि‘

कोरोना भाइरसः एक्सनमा भारतीय प्रधानमन्त्री मोदी, देशवासीसँग गरे यस्तो अपिल

जर्मनीका मन्त्री होर्स्ट जीहोफरले मिलाएनन् चान्सलर एन्जेला मर्केलसँग हात, मात्र भने ‘हेल्लो’

कोरोनाको डरले हातको सट्टा खुट्टा मिलाउँदै भिडियो बन्यो भाइरल (भिडियोसहित)

मलाई कोरोना भाइरसको कति खतरा ?

कोरोना सङ्क्रमणबाट बच्न क्यानडाको यस्तो टेक्निक !

अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

भयावह बन्दै कोरोना : डब्ल्यूएचओले भन्यो, सङ्क्रमण नियन्त्रण गर्न प्रत्येक देशसँग छुट्टै तरिका हुनुपर्छ

अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ

कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)

कोरोनाको प्रकोप अपडेट : मृतक ३ हजार ११९ पुगे, ७६ देशमा फैलियो !

कोरोना भाइरसबाट अमेरिकामा थप ४ जनाको मृत्यु

कोरोना प्रभावितको सहजताका लागि इन्टरनेट अस्पताल स्थापना

क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको त्रास, कारण यस्तो

दुई जनालाई नयाँ दिल्लीमा देखियो कोरोना संक्रमण, २३ हजार भन्दा धेरै निगरानीमा

इन्डोनेसियामा पनि भेटियो कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

कोरोनाका कारण थाइल्याण्डमा पनि एकको मृत्यु

कोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

कतार र नाइजेरियामा पनि देखियो कोरोना भाइरस

कोरोनाले अष्ट्रेलिया र थाइल्याण्डमा एक-एक जनाको मृत्यु, अष्ट्रेलियामा रहेका नेपालीमा त्रास

कोरोना अपडेटः अहिलेसम्म २,८३५ को मृत्यु

अमेरिकामा पनि कोरोनाको संक्रमण, एक जनाको मृत्यु

इरानमा कोरोना भयावह : भइसक्यो ३४ को मृत्यु

कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को मृत्यु

मंगोलियाका राष्ट्रपति क्‍वारेन्टाइनमा

दक्षिण कोरियामा थप ५७१ जनामा कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु

जापानमा कोरोनाको त्रास : विद्यालय बन्द भएको दिनमा पनि बाहिर ननिस्कनू

दुबईमा पनि भेटियो कोरोना, ६ जनामा संक्रमण

कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !

कोरोना भाइरस अपडेट :  ५० देशमा फैलियो सङ्क्रमण, २८ सय ३२ को मृत्यु, के भन्छ डब्ल्यूएचओ ?

कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द

कोरोनाको कहर, आजसम्म कहाँ कति क्षति ?

बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो

स्पेनको होटलमा पनि कोरोनाको सङ्क्रमण, सयौँ मानिसलाई आफ्नै कोठामा बस्न आदेश !

उपस्वास्थ्यमन्त्री पनि कोरोनाबाट सङ्क्रमित

कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह

विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ : डब्लूएचओ

चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु

युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण

कोरोनाबाट विश्वभर २६ सय १९ जनाको मृत्यु, ७९ हजार बढीमा संक्रमण

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्यो, ७ को मृत्यु, ७६३ जनामा सङ्क्रमण

कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे

कोरोना कोभिड-१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ भन्दै राष्ट्रपति सीले बताए नयाँ सन्दर्भ

कोरोनाका कारण फेरी अर्का चिकित्सकको मृत्यु

वैज्ञानिकहरु कोरोना संक्रमण निको बनाउने औषधीको नजिक, जनावरमा टेस्ट गरिँदै

दक्षिण कोरिया र इरानमा भयावह बन्दै कोरोना भाइरस, इटलीका १२ शहर बन्द

कोरियामा तिव्र रुपमा फैलिँदै कोरोना, सतर्क रहन नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)

छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’

चीनबाट उद्धार गरि क्वारेन्टाईन लगिँदै गरेको गाडीमा आक्रमण

चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरस, ४ सय व्यक्तिमा सङ्क्रमण

कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस

वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?