विदेशको तातो घाममा बगाउने पसिनाको मूल्य र महत्व बुझेर नेपाल फर्केका धेरै उदाहरणीय युवाहरुको लिस्टमा पर्छन्- रवि ।
विदेशमा सिकेको सिपको सदुपयोग नेपालमा नै गरेर, आफ्नै देशमा रोजगारीका अवसर सिर्जना गर्ने, दुखसुख आफ्नै परिवारसँगै रहने र आफ्नै माटोलाई उर्वर बनाउनको खातिर युवाहरुको यो प्रयासबाट एकपछि अर्को उत्साहित युवा मन यसतर्फ आकर्षित भइरहेका छन् ।
पढाई अनुसारको जागीर नपाए पनि केहि लगानी गरेर आफ्नो क्षमतालाई प्रस्तुत गरी आयआर्जनको बाटो खोज्ने प्रयास गरीरहेका युवाका लागि सरकारले पनि सहुलियतपूर्ण कर्जा ल्याईरहेको छ ।
५० वर्षिय रवि शर्माको ४ जनाको परीवार छ। उनले ‘होजियारी’ काम गर्दै आएका छन् । होजियारी भनेको भेडाको उनबाट बनाउने सबै सामान भन्ने बुझिन्छ । रविले होजियारी काम सुरु गरेको करीब २० बर्ष भयो तर उनि पार्टनरसिपमा काम गर्दै आएका थिए। करीब १ वर्ष अगाडीदेखि उनी एक्लै आफ्नो व्यवसायलाई सम्हाल्दै आइरहेका छन् ।
रवीले धेरैजसो लुगा बनाउन चाहिने ऊन भारतबाट ल्याउने गरेका छन् भने केहि नेपालबाट उपलब्ध गराउँछन् । व्यवसाय भर्खर शुरु गरेकोले रवि र उनको बहिनि यहि व्यवसायमा खटिँदै आइरहेका छन्। ऊन सिलाउनको लागी १ जना राखेका छौँ अरु स्टाफ अहिले छैनन् । पछि थपिन्छ । उनले सुनाए ।
रवि र उनकी बहिनिले शुरु गरेको यो व्यवसायको लागी उनिहरुले करिब पच्चिस लाख जति लगानी गरेका छन् ५ वटा मेशिन राखेका छन् । एउटाको ५ लाख रुपैयाँ पर्छ सबै भारतबाट नै ल्याएका हौँ। उनिहरुले ऊनलाई मेसिनमा राखेर थरीथरीे रङ भएको धागो निकाल्छन् र मेसिनको प्रयोगबाट नै आफैँ डिजाइन बनाएर स्विटर, ज्याकेट जस्ता जाडो गर्मी दुवैका लागी काम लाग्ने अर्गानिक न्यानो लुगा बनाउने गरेका छन्।
रविले कहिल्यै विदेश गएर पैसा कमाउँछु भनेर सोचेनन् सानैदेखि नेपालमै बसेर केहि व्यवसाय गर्छु भन्ने सोच उनमा थियो र अहिले त्यहिँ गरीरहेको छु। उनी निर्धक्क सुनिए ।
ऊन किन्दा उनिहरुले केजीको हिसाबले किन्ने गरेका छन् । १ केजीको चार सय दिने गरेका छन् । एउटा स्विटर बनाउन करीब एक केजी ऊन प्रयोग हुने उनले बताए । सबै अर्गानिक नै हुन्छ । पहिला पहिला हातले नै बनाउँदै आएका थियौ तर अहिले मेसिन ल्याएपछि सजिलो भएको छ हातले बनाउँदा एक दिनमा एउटा मात्र सकिन्थ्यो भने अहिले नयाँ मेसिन ल्याएपछि २० वटा पूरा गर्ने गरेका छौँ आफ्नै उत्पादन भएकोले ग्राहकहरुले पनि किन्न रहर गर्नुहुन्छ । कति जना त बनाएको हेर्न मन छ भनेर फ्याक्ट्रीमा पनि आउनुहुन्छ । हौसला दिनुहुन्छ । यस्तो कुराहरुले हामीलाई काम गर्न उर्जा मिल्छ। झन् धेरै काम गर्न मन लाग्छ । उनले खुसी साटे । भविष्यमा राम्रो हुँदै गयो भने व्यवसाय बढाएर ठूलो बनाउने र काम गर्न चाहना भएका व्यक्तिहरु लाई रोजगारीको अवसर दिने उनले बताए। कति मानिसहरु सिप भएर पनि गर्छु भन्दाभन्दै अवसर नपाएर यत्तिकै बसिरहनु भएको छ । उहाँहरुको लागी अवसर दिन चाहन्छु जसले गर्दा उहाँहरुले आफ्नो क्षमता पनि देखाउन सकून् र आयआर्जन पनि होस् ।

रवी र उनकि बहिनिले ऊनबाट बनाएको सबै सामान होलसेलमा लाने गरेका छन् । बिक्रि नहुने हो कि भन्ने चिन्ता कहिल्यै गर्नुपर्दैन पहिला नै होलसेलसँग हाम्रो सम्झौता भइसकेको हुन्छ । उनी हौसिँदै सुनाउँछन् ।
हुनपनि रविको फ्याक्ट्रीमा गएर हेर्दा रमाइलो लाग्छ । ऊनबाट निकालिएको लुगा हेर्दै लगाउ लगाउ जस्तो लाग्ने । गर्मी महिनामा भन्दा जाडो महिनामा धेरै माग हुने उनले बताए । ऊनबाट बन्ने भएकोले तातो लुगा बढि उत्पादन हुन्छ र बजारबाट किनेको लुगा भन्दा धैरै गुणा टिकाउ र गुणस्तरीय हुने उनले बताए। आजसम्म कसैले पनि नकारात्मक वा टिकाटिप्पणी गर्ने गरी हामीले काम गरेका छैनौँ ।

एउटा पिसबाट झण्डै २०० जति नाफा हुन्छ । कमाइ पनि समग्रमा ठिकै छ लकडाउनले धेरै बन्द गर्नुपर्यो नत्र अहिले सम्म धेरै बढाइसक्ने थियौँ। यसरी नै आफ्नो देशमा केहि गर्छु भन्नेहरुको लागी प्रेरणाको स्रोत बन्न चाहन्छु । मनदेखि लागी परेर काम गर्नु भयो भने सफलता पक्कै आउनेछ । उनले सुझाव दिए । उनलाई सानो रकमले शुरु गरेको व्यवसाबाट कमाउनु त छँदैछ । धेरै युवालाई रोजगारी दिनु र उनीहरुलाई आत्मनिर्भर बनाउनु उनको सपना छ । त्यसैले भन्छन्, म नेपालका युवाको लागि आईडल बन्न सकूँ ।
लेखकबाट थप :
कोरोनाको मारमा ट्राभल एजेन्सी : पत्तो छैन कहिले खुल्छ !
पान पसलले बदलेको जीवन : …अनि मन्जु वैशाखी टेकेरै व्यापार गर्न थालिन्
‘पैसा होईन पाईलैपिच्छे अप्ठेरो छ परदेशमा, आउनुहोस् नेपालमा पसिना बगाऔँ’
पसिना पुछ्दै ट्राफिक प्रहरी भन्छन्, ‘नियम पालना गरे हजुरलाई नै सजिलो होईन र ?’
शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन
ट्रेकिङ गाइडको लकडाउन डायरी म त विदेश जान्छु होला
विदेशमा बगाएको पसिनाले देखेको सपना निषेधाज्ञाले बेचैन छन् आर्यन
किसानलाई असारे चटारो छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला
एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या
एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?
‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !
निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्हो छ !’
ए सरकार ! सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ?
महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार
कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ?
तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न !
महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ
निषेधाज्ञामा विद्यार्थीका दुख : काठमाडौंको बसाई न जागिर, न पढाई !
माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म
ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !
ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै
निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया