काठमाडौं । नेपालमा कार्बन प्राधिकरण गठन हुने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
उनले वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने पनि बताए । अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिने बताउँदै सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिने समेत बताए ।
राष्ट्रपति पौडेलले भने, ‘नेपाल कार्वन प्राधिकरण गठन गरिनेछ । सामुदायिक वन समूहलाई कार्वन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिनेछ । नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिनेछ । वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना, निरन्तर निगरानी तथा अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ ।’
राष्ट्रपति पौडेलले स्वदेशी काठको उपयोगलाई प्रोत्साहित गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया